Nepali date


सोमवार, जेष्ठ १२, २०७७

सिन्धुपाल्चोकमा भूकम्पपिडितको ८८ प्रतिशत आवास निमार्ण सम्पन्न

सुशील सुबेदी,सिन्धुपाल्चोक । २०७२ वैशाख १२ गतेको भूकम्पले सबैभन्दा बढी क्षति पुगेको सिन्धुपाल्चोकमा घरबार विहीन हुन पुगेका मध्ये ७६ हजार ९ सय ८० परिवारले नयाँ घरमा बसाई सरेका छन ।

निजी आवासतर्फ सिन्धुपाल्चोकमा हालसम्म कायम भएका  पछिल्लो गुनासो सहित  जम्मा लाभग्राहि ९०,७,५९ रहको र ८७,७,५८ लाभग्राहिले  सम्झौता गरेका जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधारका प्रमुख भरत आचार्यले बताउनुभो । अनुदान सम्झौता गरेर ८४,००,४ लाभग्राहिले दोस्रो किस्ता वापतको रकम लिएको अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार कार्यालयसँग तंथ्याक छ । सिन्धुपाल्चोकमा रकम बुझेर घर निर्माण नगर्ने १६ जनाले पहिलो किस्ता बापतको ५० हजार रकम फिर्ता गरिसकेका आचार्यले बताउनुभयो। सिन्धुपाल्चोकका १६८ पहिचान भएका भूमिहीन लाभग्राहीहरूमध्ये ३५ जनाले मात्र जग्गा खरिद गरि अनुदान प्राप्त गरेका छन् । भने जिल्लामा ७१७ जना बिस्तापित भएका मध्ये ३२१ जना लाभग्राहीले मालपोत कार्यालयबाट जारी भएको लिखतको आधारमा अधिकतम प्रति लाभग्राही २ लाखसम्म जग्गा खरिद बापतको थप अनुदान पाइसकेका छन  भने ३१९ जनाले आवास निर्माण गरिसकेका छन् । जस मध्ये हेलम्बु २ चित्रेको २ परिवारले जग्गा पुर्जामा भए जति नभएको भन्दै पुर्जा मुताविकको जग्गा माग गरिरहेका छन् ।

यस्तै २०७६ चैत्र मसान्तसम्म पहिचान भएका ९० हजार ५ सय ७९ कुल लाभग्राही मध्ये ७६ हजार ९ सय ८० भूकम्पपीडितले नयाँ तेस्रो किस्ता बापतको रकम बुझेका जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन)का प्रमुख सन्तोष निरौला बताउनुहुन्छ । उहाँका अनुसार चैत्र मसान्त सम्म लाभग्राहीमध्ये ८७ हजार ६ सय ८७ लाभग्राहीले पहिलो किस्ताबापत ५० हजार र ८४ हजार ४ लाभग्राहीले दोस्रो किस्ताबापत थप १ लाख ५० हजारको लागि सिफारिस भएको छ । उहाँका अनुसार ८८ प्रतिशत निजी आवास सम्पन्न भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: