शनिबार, बैशाख ०८, २०८१

मानव बस्ती सार्न अर्को ग्रहको खोजीमा अन्तरिक्ष यात्रीले भोगेका चुनौतीहरु

पृथ्वी सयौं हजारौं वर्षदेखि मानव घर भएको छ र यसले हामीलाई राम्रो सेवा गरेको छ। तर, विश्वव्यापी जनसंख्या निरन्तर बढ्दै गइरहेको छ, र मानव प्रदुषण र पृथ्वीको सीमित स्रोतहरुको बढ्दो शोषण र दहनले हाम्रो ग्रह पृथ्वी झनझन् बिग्रिरहेको तथा मानव बस्तीका लागि खतरापूर्ण बन्दै गएको छ।

यही कारणले हामीले २—४ सय वर्षको कुनै एक बिन्दुमा अर्का ग्रहमा सर्नु पर्ने बाध्यात्मक अवस्था आइलाग्ने त होइन ? त्यस्तो अवस्था आए विकल्प के हुनसक्छ त ? अर्को सुरक्षित मानव वस्तीका लागि वैज्ञानिकहरूले अन्य ताराहरू र गृहहरुको अनुसन्धानमा तल्लीन छन्।

उनीहरुको अनुसन्धानको मुख्य केन्द्र भनेको हामी कसरी एक दिन अर्को ग्रहमा मानब बस्ती स्थापना गर्न सक्छौं भन्ने हो। प्रसिद्ध खगोल वैज्ञानिक स्टेफेन हकिङले ऊर्जा खपत, मौसम परिवर्तन, क्षुद्रग्रहको (स्टेरोइड) स्ट्राइक, महामारी र जनसंख्या वृद्धिका कारण पृथ्वी एक दिन बस्न लायक हुने छैन र मानिसहरूले कि अर्को ग्रहमा बसाइ सर्नु पर्ने छ कि त लोप हुने अवस्थाको सामना गर्नु पर्नेछ भन्ने भविष्यवाणी गरिसकेका छन्।

यही कारणले मानिसहरुले समयमा नै बस्न योग्य क्षेत्र जहा पृथ्वीमा जस्तै सतहमा तरल पानी छ , बाताबरण छ र सम्भवतः पृथ्वीजस्तै मानब जीवनलाई हर तरिकाले समर्थन गर्दछ, त्यस्तो ग्रहको खोजी गर्नु पर्ने बाध्यात्मक अवस्था आइलागेको छ। खगोलविद्हरूले हाम्रो सौर्य मण्डलमा र सौर्य मण्डलभन्दा पर धेरै ग्रहहरू फेला पारेका छन् र हजारौं अरु अनुगमन अवलोकन गरिरहेका छन्।

यसरी खोज गरिएका त्यस्ता धेरै ग्रहहरु छन् जहाँ भबिष्यमा मानब बस्ती बसाउन सम्भव हुन सक्छ। सौर्य मण्डलमा मात्र ४० करोडभन्दा बढी पृथ्वीजस्तै मानबका लागि सम्भाव्य बस्न योग्य क्षेत्र भएको अनुमान बैज्ञानिकहरुले गरेका छन्। यसका लगि पृथ्वीमा जस्तै न त धेरै तातो न त धेरै चिसो मौसमको खोजी आवश्यक छ र पृथ्वीमा जस्तै ती ग्रहहरूको सतहमा पनि तरल पदार्थको रुपमा पानी जरुरी छ।

त्यस्ता धेरै ग्रहहरु छन् जहाँ भबिष्यमा मानब बस्ती बसाउन सम्भव हुन सक्छ। सौर्य मण्डलमा मात्र ४० करोडभन्दा बढी पृथ्वीजस्तै मानबका लागि सम्भाव्य बस्न योग्य क्षेत्र भएको अनुमान बैज्ञानिकहरुले गरेका छन्।

ब्रम्हाण्डमा मानबका लागि लाखौं बस्न योग्य क्षेत्रहरू भए पनि हालको रकेट टेक्नोलोजीअनुसार पृथ्वीबाट त्यहाँ पुग्न हजारौं वर्ष लाग्न सक्छ। पृथ्वीपछि हाम्रो सौर्यमण्डलमा रहेको मंगल ग्रह मानव बस्तीका लागि मुख्य अनुसन्धानको केन्द्रमा रहेको छ। यो ग्रहमै बैज्ञानिकहरुको अनुसन्धान केन्द्रित हुनुका धेरै कारणहरू छन्। जस्तै यसको सतहमा पानीको मात्रा प्रशस्त पाइएको छ ।

यो धेरै चिसो वा धेरै तातो छैन, सौर्य प्यानलहरू प्रयोग गर्न पर्याप्त सूर्यको प्रकाश मंगल ग्रहमा उपलब्ध छ। यहाँ गुरुत्वाकर्षण हाम्रो पृथ्वीको ३८ प्रतिशत र बैज्ञानिकहरुको विश्वासअनुसार यो मात्रा त्यहाँ मानव जीवन चलाउनका लागि पर्याप्त हुन्छ। मंगल ग्रहको वातावरण छ पृथ्वीको भन्दा पातलो भए पनि यसले ब्रम्हाण्ड र सूर्यको विकिरणबाट सुरक्षा प्रदान गर्न सक्छ, दिन र रातको अवधि हाम्रो पृथ्वीजस्तै मिल्दोजुल्दो छ।

पृथ्वीबाट मंगल ग्रहसम्मको कुल यात्रा समय १५० दिन देखि ३०० दिनको बीचमा हुन्छ। रकेट प्रक्षेपणको गतिको आधारमा र अहिलेको रकेट प्रविधि अनुसार,र यी दुई गृहहरु बीचको औसत दूरी २२५ करोड किलोमिटर छ। यी सबै कारणहरुले खगोलविद्हरूको ध्यान भबिष्यमा मानव बस्तीका लागि मंगल ग्रहतिर तानिएको छ। तर, यसका लागि चुनौतीका चाङ बैज्ञानिकहरुका अगाडि छन्।

जसका कारण अहिलेकै प्रविधिअनुसार मंगल ग्रहमा यात्रा गरेर तेतै बस्ती बसाल्ने कुरा तत्कालका लागि जोखिमपूर्ण बनेको छ। अन्तरिक्षको माइक्रोग्राविटीयुक्त वातावरणमा लामो समय बस्नु पर्ने भएकोले बिकिरणको असरले डीएनएमा क्षति हुने, अन्तरिक्ष यात्रीहरूको हरेक महिना औसत हड्डी खनिज घनत्वको १ प्रतिशतदेखि २ प्रतिशतसम्म क्षति हुन सक्ने, मांसपेशीको क्षति हुन सक्ने, र रक्तचापमा परिवर्तन आउने जोखिम हुन्छ।

लेखक :डा.पर्शुराम दाहाल
मांसपेशीहरू जत्तिकै गरेर यदि हामीले अन्तरिक्षमा हड्डीहरूको एक्सरसाइज गरिएन भने, तिनीहरू कमजोर हुनेछन्। हड्डीको क्षति अन्तरिक्षको वजनविहीन वातावरणमा हुन्छ किनकि हड्डीहरूले गुरुत्वाकर्षणका बिरूद्ध शरीरलाई समर्थन गर्दैन। त्यस्तै अन्तरिक्षको माइक्रोग्राविटी वातावरणमा लामो समयसम्म बस्दा एस्ट्रोनट्सको आँखामा दबाब हुन सक्छ जसले गर्दा दृश्य र अन्य शारीरिक परिवर्तनमा गम्भीर नकारात्मक असर पर्न सक्छ।

पृथ्वीमा हामी पृथ्वीको चुम्बकीय क्षेत्र र वायुमण्डलको संरक्षात्मक ग्यासहरूबाट ढाकिएका छौं र हामी सुरक्षित छौं। तर अन्तरिक्षमा रहेका विकिरणहरूबाट अन्तरिक्ष यात्रीहरूलाई जोगाउन कुनै प्रभावकारी तरिका हालसम्म विकास भइसकेको छैन। विशेषगरी मंगल ग्रहको यात्राजस्तो लामो यात्रामा विशेष रूपमा ब्रम्हाण्डीय आइनोइजिंग बिकिरणहरू विरुद्ध सुरक्षाका लागि कुनै टेक्नोलोजी फेला परेको छैन र त्यहाँ अन्तरिक्ष यात्रीहरूले सौर्य बिकिरणको जोखिम पनि सामना गर्नु परिरहेको छ।

लामो समयसम्मको रेडिएसन एक्सपोजरले आनुवंशिक क्षति निम्त्याउँछ जसले अन्तरिक्ष यात्रीमा क्यान्सरको जोखिम बढाउन सक्छ। मंगलग्रहको यात्राजस्तो लामो यात्रामा रहँदा दैनिक रुपमा दिनको ३ पटकसम्म अन्तरिक्ष यात्रीहरुले खाना खानु पर्ने हुन्छ। उनीहरूलाई भिटामिन र खनिजहरूको सन्तुलित आपूर्ति प्रदान गर्नका लागि तीनपटक खाना खानु परेको हो तर त्यस्तो खाना उनीहरुका लागि खतरायुक्त पनि हुन सक्छ किनभने खाना र त्यसका तत्वले हावाका भेन्टहरू अशुद्ध पार्न सक्छन् र उपकरणहरू दुषित बन्ने खतरा रहन्छ।

कुनै अन्तरिक्ष यात्रीको आँखा, मुख वा नाकमा नदेखिने गरी अड्किएमा शरीर दुषित भएर अन्तरिक्ष यात्रीहरु बिरामी हुन सक्छन्। यो सबै समस्याको समाधान गर्न र अन्तरिक्ष यात्रालाई अझ बढी सुरक्षित बनाउने बारेमा हाल अमेरिकी बैज्ञानिक अनुसन्धान केन्द्र नासाले विस्तृत अनुसन्धान गरिरहेको छ।

(लेखक अमेरिकाको टेक्सासमा अनुसन्धानकर्ताका रुपमा कार्यरत छन्।)