काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ ।
आज सोमवार वालुवाटारमा सचिवालय बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो ।
यसअघि आइतबार बसेको मन्त्रिपरिषद बैठकले अघिल्लो सरकारले नियुक्त गरेका सात वटै प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी थिइन् ।
सातवटै प्रदेशका प्रमुखको पद रिक्त भएपछि सोमबार बसेको नेकपा सचिवालय बैठकले नयाँ प्रदेश प्रमुख नियुक्तीका लागि सिफारिस गर्ने निर्णय गरेको हो। नेकपा सचिवालय बैठकबाट अमिक शेरचन (चितवन) सोमनाथ अधिकारी प्यासी (कास्की) तिलक परियार (बाके) धर्मनाथ यादव (सिरहा) विष्णु प्रसाई (झापा) गोविन्द कलौनी (डडेल्धुरा) र शर्मीला त्रिपाठी (काठमाडौं) रहेका छन् ।
टुंगो लगाएको नाम मन्त्रिपरिषद् बैठक बसेर नियुक्तीका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सरकारले सिफारिस गर्ने एक सचिवालय सदस्यले जानकारी दिए ।

