टोकियो । तमु धीँ जापानको आयोजनामा हुने २५ औं ल्होसार साँझ तथा रजत जयन्ति जनवरी ४ मा मनाउने भएको छन् ।
ल्होसार साँझ तथा रजत जयन्ति धमकेदार बनाउन चर्चित लोकदोहोरी गायिका शर्मिला गुरुङ र लोक दोहोरी गायक राकेश गुरुङ टोकियो आउने भएका हुन ।
स्थापना कालको २५वर्षे लामो इतिहास बोकेको तमु धिं जापानले तमुहरुको मौलिक संस्कृति परम्परालाइ जिवन्त राख्न हरेक वर्ष ल्होसार र रोधीं साँझ जस्ता महत्वपूर्ण चाड पर्बहरू विविध साँस्कृतिक कार्यक्रम सहित मनाउदै आइरहेको छ ।
यसैलाई निरन्तरता दिँदै आफ्नो गन्तब्यको अविरल यात्रामा लम्कन र आफुलाई अझ परिस्कृत, परिमार्जित र जिवन्त राख्न आफ्नो स्थापनाको २५ वर्ष पुरा भएको अवसरमा संस्थाले रजत जयन्ती तथा ल्होसार साँझको तयारी गरिरहेको महासचिव चित्र गुरुङले जानकारी दिनुभयो । तमु धिं जापानले अध्ययन तथा रोजगारिको सिलसिलामा जापानलाइ आफ्नो कर्म थलो बनाइ बसेका तमुहरू बिच एकता, समिप्यता र भाइचाराको संबन्ध कायम गर्दै आइरहेको छ । विदेशमा रहेका नेपालीहरुको साझा समस्याप्रति प्रतिबद्ध रहनुका साथै भैपरी आउने समस्यप्रती सधै साथ दिदै आइरहेको छ । यसैगरी कार्यक्रममा लोक तथा दोहोरी गायिका शर्मिला गुरुङलाई सम्मान पनि गरिने छ । गुरुङले विभिन्न लोकप्रिय लोक तथा दोहोरी गीतहरु गाइ नेपाली मौलिक लोक संस्कृति र कलाको प्रवर्द्दन तथा संरक्षणमा महत्वपूर्ण योगदान दिनुभएको छ ।
कार्यक्रममा नेपालबाट आउनुहुने ख्याति प्राप्त कलाकारहरुसंगै स्थानिय कलाकारहरूको पनि प्रस्तुती रहेनछ ।
महासचिव गुरुङका अनुसार, टोकियोको मध्य र व्यस्थ स्थान उएनो ओन्सी पार्कको खुल्ला चौरमा गरिनेभएकाले, यसपटकको कार्यक्रम भिन्न र पृथक हुनेछ र साथै, सधैंजसो हल साँघुरो भयो भन्ने दर्शक तथा पाहुनाहरुको गुनासो पनि नआउने विश्वास पनि लिईएको छ ।
आयोजक संस्था धीँले जापानवासी नेपाली दाजुभाई तथा दिदी वहिनिहरुमा हार्दिक निमन्त्रणा गरेको छ ।

