शुक्रबार, बैशाख ११, २०८३

विदेशी लगानी अनुमति दोब्बरभन्दा धेरै

सरकारले नीतिगत सुधार र लगानी सम्मेलन गरेर प्रत्यक्ष वैदेशिक लगानीको आह्वान गरेपछि मुलुकमा विदेशी लगानी अनुमति दोब्बरभन्दा धेरै जारी भएको छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा पौने ११ अर्ब रुपैयाँ लगानी गर्न विदेशी लगानीकर्ताले उद्योग विभागबाट अनुमति लिएका छन् ।

यो गत वर्षको तुलनामा करिब दोब्बर बढी हो । उद्योग विभागका अनुसार यो वर्षको असोजसम्म १० अर्ब ७६ करोड रुपैयाँ लगानी गर्ने विदेशी कम्पनीले लगानी अनुमति पाएका छन् ।

७७ परियोजनाका लागि अनुमति लिएका हुन् । गत वर्षको सोही अवधिमा ४ अर्ब ८३ करोड ५२ लाख रुपैयाँको प्रतिबद्धता आएको थियो । आजको नागरिक दैनिकमा खबर छ ।