टोकियो । गैरआवासीय नेपाली संघ एनआरएनए राष्ट्रिय समन्वय परिषद्को पंजीकृत सदस्यहरुको सदस्यता कार्डको लागि फोटो राख्न अपिल गरेको छ ।
एनआरएनए जापान राष्ट्रिय समन्वय परिषद्को पंजीकृत सदस्यहरुको सदस्यता कार्डको लागि फोटो राख्न अपिल गरेको हो ।
एनआरएनए केन्द्रबाट आएको जानकारी अनुसार केही सदस्यहरुले फारम भर्दा प्रोफाइल फोटोमा आफ्नो उचित फोटो नराख्नु भएको र कार्ड बन्दा त्यही प्रोफाइल फोटो प्रयोग हुने भएकोले उचित फोटो राख्नको लागि अनुरोध गरेको एनआरएनए जापानका महासचिव जनक विक्रम शाहीले जानकारी दिनुभयो ।
पहिला पनी पटक पटक जानकारी गराइएको देहाय बमोजिमका सदस्यहरुले छिटो भन्दा छिटो आफ्नो स्पष्ट देखिने फोटो राख्न अनुरोध गर्दै अन्यथा कार्ड बन्न नसक्ने जानकारीसमेत गराएको छ ।


