इलाम । पूर्व सभामुख तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङले तिनै तहका सरकारबीचको समन्यवले मात्र देश विकास सम्भव भएको बताउनु भयो ।
पूर्व सभामुख नेम्वाङले स्थानीय क्षेत्रको विकासको निम्ती केन्द्र प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्य नै विकासको पहिलो आधार समेत भएको बताउनु भएके हो ।
इलामको पश्चिमी क्षेत्र फाकफोकथुममा आयोजित सिरिजंगा खुल्ला नकाउट फुटबल कार्यक्रममा सम्वोधन गर्दै नेम्वाङले विकट क्षेत्रमा समेत प्रतियोगिताको आयोजनाले प्रतीभालाई प्रष्फुटन गर्न अवसर सिर्जना गरेको बताउनु भयो ।
पूर्व फुटबलर समेत रहेका नेम्वाङले फुटबल भनेपछि पहिले देखिनै हिरिक्क हुने भन्दै खेलको निम्तो मान्न पाउँदा खुशी लागेको बताउनु भयो ।

