शुक्रबार, चैत १६, २०८०

उम्मेदवार टुंगो लगाउन बालुवाटारमा नेकपाको सचिवालय बैठक

काठमाडौं   । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसिरहेको छ। आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन बैठक बसेको हो। उम्मेदवारी दर्ता गर्ने समय नजिकिएपछि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वस्थताका बीच बैठक बोलाएका हुन् ।

सचिवालय बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र उपमहानगरपालिका प्रमुखको उम्मेदवार मात्रै तय गर्नेछ। गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष प्रदेश कमिटीले र वडाअध्यक्षको उम्मेदवार सम्बन्धित जिल्ला कमिटीले तोक्ने मापदण्ड बनाइएको छ।

उपचारपछि आराम गरिरहेका प्रधानमन्त्री ओलीले हिजै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर छलफल गरी आजलाई सचिवालय बैठक बोलाएका हुन्। सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको नेकपाका कार्यालय सचिव इश्वरी रिजालले जानकारी दिइन्।