सोमबार, असोज १९, २०८३

एसिड प्रहार गर्ने सात वर्षपछि पक्राउ

मकवानपुर– युवतीमाथि एसिड प्रहार गरी फरार भएका भारत महाराजगन्ज, अमरपूर्वन–६ का राज भन्ने दिलीपराज केशरीलाई सात वर्षपछि प्रहरीले पक्राउ गरेकोछ । प्रेम प्रस्ताव अस्विकार गरेपछि २०७० वैशाख ९ गते हेटौडा–२ की २० वर्षीया बिन्दावासिनी कंसाकारको अनुहारमा एसिड प्रहार गरेका केशरीलाई प्रहरी प्रधान कार्यालयको टोलीले शुक्रबार हेटौडामा सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुर का प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईका अनुसार मकवानपुर र बाराबाट खटिएको प्रहरीको संयुक्त टोलीले बारास्थित जितपुर –सिमरा उपमहानगरपालिका–२३, भलोही बाट बिहीबारराति ९ बजे उनलाई पक्राउ गरेको हो। कान्तिपुर दैनिकमा खबर छ ।