काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज भएर सरकारी निवास बालुवाटार गएका हुन् ।
अस्पतालबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले ‘आई एम फिट’ भन्ने प्रतिक्रिया दिएका छन् यसअघि बिहीबार दिउँसो प्रधानमन्त्री ओलीको मिर्गौलाको दोस्रो पटक डायलासिस गरिएको थियो ।
प्रधानमन्त्री ओली बुधबार अस्पताल भर्ना भएका थिए । उनको बुधबार नै आकस्मिक रुपमा डायलासिस गरिएको थियो ।

