काठमाडौं । सरकारले भाइटीकाको भोलिपल्ट पनि सार्वजनिक विदा दिएको छ । नेवार समुदायको भाइटीका कात्तिक १३ गते पर्ने भएकाले सरकारले सार्वजनिक विदा दिएको गृह मन्त्रालयले जनाएको छ । नेवार समुदायको भाइटिका १३ गते भएकाले सार्वजनिक विदा दिइएको हो ।
काठमाडौं उपत्यकाका नेवार समुदायले आफूहरुको भाइटीका पर्ने भन्दै कात्तिक १३ गते विदा माग गरेको थियो । मन्त्रिपरिषद बैठकले विदाको निर्णय गरेको हो ।
पाञ्चांग निर्णायक समितिका अनुसार भने तिहारको भाइटीका कात्तिक १२ गते तोकिएको छ । अब तिहारको विदा कात्तिक १०, ११, १२ र १३ गते चार दिन हुने भएको छ ।

