आइतबार, असोज १८, २०८३

आज पानी पर्ने, पश्चिमी वायुको प्रभाव नेपालमा

काठमाडौं । देशका अधिकांश स्थानको मौसम सामान्यदेखि पूर्णरुपमा बदली भई केहि स्थानमा हल्कादेखि मध्यम खालको पानी पर्ने संभावना रहेको छ ।

देशका धेरैजसो स्थानमा विहानैदेखि बादल लागेर आकास धुम्मिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। दिउँसोपख मध्य र पुर्वी भेगमा हल्कादेखि मध्यम खालको पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौं उपत्यकामा पनि दिउँसोपख हल्का पानी पर्ने महाशाखाका मौसमबीद् बरुण पौडेलले जानकारी दिए। पश्चिमी वायुको प्रभावका कारण आज मौसम बदली भएर पानी पर्न लागेको उनले बताए। काठमाडौं उपत्यकाको आज विहानको न्युनतम तापक्रम १६ डिग्री सेल्सिय मापन भएको छ। दिउँसो तापक्रम बढेर २६ देखि २८ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ ।