Nepali date


बुधबार, कार्तिक २७, २०७६

१३ औं गोदावरी फूलको प्रर्दशनी जावलाखेलमा सुरु

ललितपुर । १३ औं गोदावरी फूलको प्रर्दशनी’ ललितपुरमा सुरु भएको छ ।

शुक्रबारबाट नेपालीहरुको दोस्रो ठूलो चाड तिहारलाई लक्षित गरेर फ्लोरिकल्चर एशोसिएशन, नेपालले शुक्रबारदेखि कार्तिक ४ गतेसम्म ललितपुरको जावलाखेलस्थित खेल मैदानमा सो प्रर्दशनी आयोजना गरेको हो ।

गोदावरी फूलको व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यका साथ सो मेला आयोजना गरिएको एशोसिएशनका उपाध्यक्ष एवम् प्रर्दशनी आयोजक समितिका संयोजक शिवबहादुर खड्काले जानकारी दिए ।

‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रर्दशनीमा ४९ वटा प्रर्दशनी कक्षहरु रहेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया