आइतबार, असोज १८, २०८३

आँधीका कारण विपत्तीमा परेको जापानलाई नेपाल सरकारद्धारा दु:ख व्यक्त

जापान । जापानमा हविबिस ताईफुले पुर्याएको मानविय र भौतिक क्षतिप्रती नेपाल सरकारले दुख व्यक्त गरेको छ ।

गत शनिवार र आईतबार अहिलेसम्मकै भयानक भनिएको हगिबिस आँधीको कारण भएको क्षतीप्रति दुख व्यक्त गर्दै जापान सरकारलाई पत्र पठाएको छ ।

नेपाल सरकार पपरराष्ट्र मन्त्रालयमार्फत आँधीका कारण  मानविय र भौतिक क्षतीको दुखद घडीमा जापानलाई परेको पिडालाई नेपालले दुख ब्यक्त गरेको छ ।

घाईतेहरुप्रती स्वास्थ्यलाभको कामना गर्दै शोकमा परेका परिवारजनप्रती समावेदना सन्देश पठाएको नेपाली राजदुतावास जापानका उप-नियोग प्रमुख कृष्णचन्द्र अर्यालले जानकारी दिनुभयो ।

जापानलाई परेको ठूलो क्षती र बिपदको नेपालको तर्फवाट परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले जापान सरकारका बिदेश मन्त्री मोतेगी ताशिमित्सुलाई समावेदना पत्रमार्फत घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नु भएको छ ।

जापानमा हगीबिस ताईफुबाट हालसम्म ७२ जना मानिसको र भौतिक गरि खर्बौं येनको क्षती पुर्याएको छ ।