काठमाडौं । दरबारमार्गको क्लब भिक्ट्रीमा भएको आगलागी करिब ३ घन्टापछि नियन्त्रणमा आएको छ ।
आइतबार साँझदेखि भएको आगलागी काठमाडौं प्रहरी परिसर टेकुका डीएसपी होविन्द्र बोगटीले आगो नियन्त्रणमा आएको पुष्टि गरे । विद्युत् सर्ट भएका कारण आगो लागेको थियो । अहिले नियन्त्रणमा आइसकेको छ ।
आगलागी नियन्त्रणमा लिन काठमाडौं, ललितपुर महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित ८ वटा दमकल खटिएको थियो । आगलागीबाट क्लब भिक्ट्री पूर्ण रुपमा जलेको छ ।

