चितवन । चितवनमा कुटपिटबाट घाइते भएका ज्ञानेन्द्र शाहीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । चितवन मेडिकल कलेजमा चेकजाँचपछि थप उपचारका लागि काठमाडौं लगिएको छ ।
उनलाई शनिबार अपराह्न साढे ४ बजे हवाईजहाजमार्फत काठमाडौं पठाइएको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए । मल्लले शाहीको शरीरका विभिन्न स्थानमा चोट लागे पनि अवस्था सामान्य देखिएको बताएका छन् ।
चौबिसकोठीमा कार्यक्रम गर्न होटल ग्लोबलबाट निस्कने क्रममा अज्ञात समूहले शाही चढेको गाडीमा तोडफोड गर्नुका साथै उनीमाथि आक्रमण गरेका थिए । प्रहरी उपरीक्षक मल्लले अनुसार कार्यक्रमबारे प्रशासनलाई खबर नगराउँदा दुःखद घटना घटेको हो ।

