बुधबार, असार २४, २०८३

जापान जान हजार जनाले मात्र परीक्षा दिन पाउने

काठमाडौं । जापानमा रोजगारीका लागि शुक्रबारदेखि अनलाइन आवेदन खुलेको छ ।

जापान जान चाहने इच्छुक व्यक्तिले अनलाइनमार्फत आवेदन दिन पाउनेछन् । शुक्रबारदेखि सुरु भएको अनलाइन आवेदन असोज १६ गतेसम्म दिन पाइनेछ ।

जापान फाउन्डेसनका अनुसार इच्छुक सबैले आवेदन दिन पाएपनि जापान रोजगारीका लागि एक हजार जनाले मात्रै भाषा परीक्षामा सहभागि हुने पाउनेछन् ।

आवेदन दिएका मध्येबाट सफ्टवेयरको सहायताले लक्क ड्रमार्फत आवेदक छनोट गरिने जनाइएको छ । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।