बुधबार, असार २४, २०८३

जापानमा मन्त्री पुनले राजदुत राणावाट अपमान खेप्न परेपछि …

टोकियो । जापान सहयोग नियोग जाईकाको औपचारिक निमन्त्रणामा जापान आउनु भएका मन्त्री वर्षमान पुन’अनन्त’लाई राजदुतले अपमान गरेको छ ।

ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री  वर्षमान पुनलाई राजदुत प्रतिभा राणाले अपमान गरेको हुन ।

जापानका लागि नेपाली राजदुत राणाले मन्त्री पुन जापान आउने कुनै औपचारिक जानकारी नभएको भन्दै विमानस्थलसम्म लिन र शिष्टचार भेटघाट समेत नगरेको मन्त्रीको सचिवालयले जनाएको छ ।

जापानका लागि नेपाली राजदुतावास टोकियोले विहिवार मन्त्री पुनको स्वागतसहित एक नेपाली रेष्टुरेण्टमा रात्रिकालिन भोज राखेपनि एकआपसमा समन्वय र सहकार्य नभएपछि सो भोजमा मन्त्री पुनको सहभागी थीएन ।

सोहि समयमा मन्त्री पुनको जापानी एक टोलीसंगको भेटघाट भएकोले उपस्थित नभएको मन्त्रीको सचिवालय टोलीले जनाएको छ ।

मन्त्री पुनले जापानका संसदीय,विदेश उपमन्त्री नोरुहिरो नाकायामा,कृषि, वन तथा मत्स्यपालन राज्यमन्त्री योसिताका इतोसँग नेपालमा जापानको सम्बन्ध र सहयोगका विषयमा छलफल गर्नु भएको थियो  । मन्त्री पुनले नेपाल–जापान संसदीय मैत्री समूहका अध्यक्ष तथा लिबरल डेमोक्राटिक पार्टीका महामन्त्री  तोसिहिरो निकाइसहितको ८ सदस्यीय संसदीय टोलीसँग पनि भेटवार्ता गर्नु भएको थियो ।

मन्त्री पुनले दुई देशको मैत्रीपूर्ण सम्बन्ध जापानले नेपाललाई ऊर्जा, सिँचाइ, शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा गर्दै आएको सहयोगका लागि धन्यवाद दिदैं यसलाई अझ प्रभावकारी बनाउन अपिल गर्नु भएको मन्त्रीका सचिवालय टिमका सुनिता गौतमले जानकारी दिनुभयो ।

त्यस्तै मन्त्री पुनले भने ४ सय १७ मेगावाट नलसिंहगाड जलविद्युत् ,ऊर्जा,कृषि र पर्यटन नेपालमा सहयोगका लागि जापानी सहयोग र लगानी बढाउन आग्रह गर्नु भएको थियो । कृषि, वन तथा मत्स्यपालन राज्यमन्त्री योसिताका इतोसँगको भेटमा मन्त्री ताकु इतोले नेपालको सिँचाइ र कृषिको क्षेत्रमा आर्थिक तथा प्राविधिक सहयोग बढाउन तयार रहेको बताएका थिए ।

भेटका क्रममा मन्त्री पुनले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन जापानी पर्यटकलाई भित्र्याउन पहल गरिदिन आग्रह गर्दै अब छिट्टै काठमाडौं–टोकियो उडानसमेत थाल्ने वातावरण बनाउने कुरामा समेत दुई पक्षिय छलफल भएको थियो  ।  जापानी उच्च अधिकारीहरूसँगको भेटमा मन्त्री पुनसँग जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत सहभागी थिए ।

मन्त्री पुन नेतृत्वको टोली जापानका ड्याम तथा हाइड्रोपावरको अवलोकन गर्नुका साथै जापानमा रहेका नेपालीसँग बृहत अन्तरक्रियासमेत गरेर शुक्रवार नेपाल एयरलाईन्सको विमानवाट स्वदेश फर्किएका  छन  ।