Nepali date


आइतवार, कार्तिक ३, २०७६

उच्चस्तरीय भेटवार्तामा मन्त्री पुन,राष्ट्रपति भण्डारीलाई जापान भ्रमनको निम्तो

टोकियो । जापान आएका ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन बुधबार उच्चस्तरीय भेटवार्ता भएको छ  ।

मन्त्री पुनले जापानका संसदीय, विदेश उपमन्त्री नोरुहिरो नाकायामा,कृषि, वन तथा मत्स्यपालन राज्यमन्त्री योसिताका इतोसँग नेपाल जापानको सम्बन्ध र सहयोगका विषयमा छलफल गरे ।

बुधबार उनले नेपाल–जापान संसदीय मैत्री समूहका अध्यक्ष तथा लिबरल डेमोक्राटिक पार्टीका महामन्त्री  तोसिहिरो निकाइसहितको ८ सदस्यीय संसदीय टोलीसँग भेटवार्ता गरेका छन् ।

मन्त्री पुनले दुई देशको मैत्रीपूर्ण सम्बन्ध जापानले नेपाललाई ऊर्जा, सिँचाइ, शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा गर्दै आएको सहयोगका लागि धन्यवाद दिए ।

मन्त्री पुनले भने ४ सय १७ मेगावाट नलसिंहगाड जलविद्युत् आयोजनामा सहयोगका लागि अनुरोध गरें, ऊर्जा,कृषि र पर्यटन नेपालमा सहयोगका लागि प्राथामिकता विषय भएको र ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारासहित प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार अघि बढिरहेकाले जापानी सहयोग र लगानी बढाउन आग्रह गरे ।

संसदीय, परराष्ट्र उपमन्त्री नोरुहिरो नाकायामाले नेपाललाई गर्ने सहयोगका क्षेत्र विस्तार गर्ने,आपसी सम्बन्ध बलियो बनाउन उच्चस्तरीय भ्रमणहरू गर्ने बताए ।

उनले जापानका सम्राटको राज्याभिषेकका क्रममा नेपालबाट राष्ट्रपति विद्यादेवी भण्डारी जापान आउन लागेकोमा खुसीसमेत व्यक्त गरे ।

कृषि, वन तथा मत्स्यपालन राज्यमन्त्री योसिताका इतोसँगको भेटमा मन्त्री ताकु इतोले नेपालको सिँचाइ र कृषिको क्षेत्रमा आर्थिक तथा प्राविधिक सहयोग बढाउन तयार रहेको बताएका थिए ।

जापानले अहिले पनि तनहुँ हाइड्रोपावरमा लगानी गरिरहेको छ । भोलिका दिनमा ऊर्जाको प्रसरण लाइन तथा वितरणलगायतका क्षेत्रमा लगानी विस्तार गर्ने तथा निजी लगानीकर्तालाई पनि नेपालमा लगानीको वातावरण राम्रो छ भन्ने सन्देश दिने उनले मन्त्री पुनलाई बताए ।

भेटका क्रममा मन्त्री पुनले तीनैवटा टोलीसँग नेपालले सन् २०२० मा भ्रमण वर्ष मनाउन लागेको र त्यसका लागि नेपाल ओशाका सीधा हवाई उडानले सहयोग गरेको चर्चा गरे । यो सीधा उडान सफल बनाउन भूमिका खेलका नेपाल जापान मैत्री समूहका अध्यक्षलाई धन्यवाद दिँदै मन्त्री पुनले अब छिट्टै नेपाल–टोकियो उडानसमेत थाल्ने वातावरण बनाउन आग्रह गरे ।

नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन धेरैभन्दा धेरै जापानी पर्यटकलाई भित्र्याउन पहल गरिदिन आग्रह गर्दै मन्त्री पुनले नेपाल–जापान संसदीय मैत्री समुहका नेपालतर्फका संयोजक सुरेन्द्र पाण्डेलगायतको टोलीसँग अनुभव तथा भ्रमण आदानप्रदान गर्न आग्रह गरे ।

मन्त्री पुनले भोलि जापानी सहयोग नियोग जाइकाको केन्द्रीय कार्यालयमा द्विक्षीय सहयोग र नलसिंहगाड जलविद्युत आयोजनाबारे विस्तृतमा कुरा गर्ने कार्यसूची छ । जापानी उच्च अधिकारीहरूसँगको भेटमा मन्त्री पुनसँग जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत सहभागी थिए ।

मन्त्री पुन नेतृत्वको टोलीले मंगलबार जापानका केही उदाहरणीय ड्याम तथा हाइड्रोपावरको अवलोकन गर्नुका साथै जापानमा रहेका नेपालीसँग अन्तरक्रिया गरेको थियो ।

सो क्रममा पनि मन्त्री पुनले नेपालको ऊर्जालगायतका क्षेत्रमा लगानी गर्न र नेपालीलाई जापानमा सिकेको सीप नेपालमा लागु गर्न आग्रह गरेका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया