Nepali date


आइतवार, कार्तिक ३, २०७६

बिप्लबका छोरा प्रकाश चन्द्रको चन्द आतंक,एक्सन लिने तयारीमा प्रहरी

काठमाडौं । प्रतिबन्धित नेकपा (बिप्लब)ले पछिल्लो पटक देशका मुख्य शहरहरुमा चन्दा आतंक फैलाएको छ । यस पटकको चन्दा उठाउन फरक शैली अपनाएर नेकपा बिप्लबले सर्बसाधारणलाई सडकमा उतारेको छ ।

प्रतिबन्धित दलका समर्थक वा कार्यकर्तालाई खुलमखुल्ला चन्दा उठाउन र आन्दोलन गर्न सरकारले नरोकेकोमा सर्बसाधारण आश्चार्यमा परेका छन् ।
तर, प्रहरीले भने बिप्लबका हरेक गतिबिधी नियन्त्रण गर्न निकटका ब्यक्तिहरु र समर्थकहरुलाई पक्राउ गरेर सार्बजनिक अपराधममा मुद्धा हाल्ने तयारी थालेको छ ।
पछिल्लो पटक चितवन मेडिकल कलेजमा प्रतिबन्धित नेकपा पार्टीका महासचिब नेत्रबिक्रम चन्दका छोरा प्रकाश चन्दले केहि बिद्यार्थी उचालेर आतंक फैलाएपछि प्रहरी प्रधान कार्यालय गंभिर बन्दै ठुलो एक्सनको तयारी थालेको स्रोतले जनाएको छ । चन्दा उठाउन नेत्रबिक्रम चन्द बिप्लबका छोरा प्रकाश चन्द यतिबेला निकै सक्रिय भएका छन् । प्रकाशले शान्तिपुर्ण आन्दोलन र बार्तामा आफ्नो पार्टी गएपनि आँफु नजाने सार्बजनिक घोषणा गरिसकेका छन् ।

मे ३० को बिबिसी नेपाली सेवाको एक अन्तबार्तामा उनले बुवा(नेत्रबिक्रम चन्द) मुलधारको राजनीतिमा गएपनि आँफु नजाने बताइसकेका छन् । उनले शान्तिपुर्ण राजनीतिमा नजाने यस्तै आतंक फैलाएर चन्दा उठाएर सबैलाई सताउने निर्णय गरिसकेका उनि निकटका ब्यक्तिहरुले बताएका छन् । उनले चन्दाका लागि धम्क्याएपछि चितवनमा अहिले ५ सयजना बढि सर्बसाधारण र ब्यापारीहरु त्रासका कारण प्रकाश चन्दलाई पक्राउ गर्न प्रहरीका कहाँ मौखिक उजुरी दिन पुगेका छन् । बोर्डिङ संचालकदेखि सबै तहका ब्यापारीलाई उनले धम्क्याउँदै आएका छन् ।

प्रकाश चन्दले चलाएको आतंकको पछिल्लो शिकार बनेको छ चितवन मेडिकल कलेज । बढि शुल्क लिएको नाममा मेडिकल कलेजबाट चन्दा उठाउन प्रकाशले आन्दोलनको नेतृत्व गर्दे आएका छन् । उनले आँफु निकटका साथीहरुसंग देशभरका सबै मेडिकल कलेजसंग चन्दा उठाउने नदिए शुल्क बृद्धि गरेको नाममा हड्ताल गरेर मेडिकल कलेज चल्नै नदिने घोषणा गरेका छन् । देशकै ठुलो मेडिकल कलेज भएकोले चितवन मेडिकल कलेजलाई पहिलो शिकार बनाएपछि धमाधम देशभरका मेडिकल कलेजसंग मागे जति चन्दा उठाउन सजिलो हुने उनले मुल पार्टी नेकपालाई जानकारी पठाएका स्रोतले जनायो ।

प्रहरीले प्रकाश चन्दको आतंक गतिबिधी रोक्न उनलाई एकदिन हिरासतमा राख्यो । तर उनलाई चितवन प्रहरीले छोडिसकेको छ । अब भने प्रहरी प्रधान कार्यालयबाटै आदेश दिएर प्रकाशलाई पक्राउ गर्ने र चन्दा आतंक रोक्ने प्रहरीले योजना बनाएको छ । प्रकाश चितवन मेडिकल कलेजका बिद्यार्थी समेत हुन् भने उनको प्रतिबन्धित पार्टी नेकपाको भातृसंस्था स्वास्थ्य संगठनको केन्द्रीय महासचिब पनि हुन् । उनको यो कलेजमा पढाई सकिएको छ । तर, पनि मेडिकल कलेजलाई आफ्नो कब्जामा राख्न र नियमित चन्दा उठाउन उनले कलेजका बिद्यार्थीलाई धम्क्याएरै आन्दोलनमा सहभागी हुन दबाब दिएका छन् । उनको दबाबले पढ्दै गरेका बिद्यार्थी त्रसित बनेका छन् । उनले चितवन मेडिकल कलेजलाई आफ्नो पञ्जामा राख्न सफल भइयो भने देशका सबै अस्पताललाई स्वत कब्जा गर्न सकिने भन्दै निकटका कार्यकर्ता र बिद्यार्थीलाई उचालिरहेका छन् ।
प्रकाश चन्दको गतिबिधीले चितवन प्रहरी हैरान छ । बिद्यार्थीको आबरणमा प्रकाश चन्दले चितवनमा आतंक फैलाएको एक प्रहरी अधिकृतले बताए । पक्राउ गरेपछि प्रकाश चन्दले उल्टै प्रहरीलाई भन्ने गरेका छन्,‘हिजो चन्दा उठाएर मान्छे मारेकाहरु नै सरकारमा छन् भने हामीले किन गर्न नपाउने ? उनले यस्तै भन्दै प्रहरीलाई धम्की दिन्छन् ।
आबरणमा बिद्यार्थी भएकै कारण बाध्य भएर प्रहरीले पक्राउ गरेपनि प्रकाशलाई छोड्दै आएको छ । तर, अब भने प्रकाशलाई उम्कन प्रहरीले नदिने भएको छ । प्रहरी मुख्यालयबाटै प्रकाशलाई पक्राउ गर्ने र जेल चलान गर्ने प्रहरीले योजना बनाएको स्रोतले जनायो ।

चन्दा आतंक र राजनीति दबाबले चिन्तित बनेका सर्बसाधारण र बिभिन्न ब्यबसायी ब्यक्तिहरुले प्रहरीमा प्रकाश चन्द पक्राउ गर्न अनुरोध गर्दे मौखिक र लिखित उजुरी दिइसकेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया