शनिबार, बैशाख १९, २०८३

मेरो आत्मा आलोचना र गुनासो

निर केसी :-
-बिहानको घामको किरणले जुरे थुमको नाकलाइ टेक्नु अघि सपनाका उचाइको गणथण गर्दै निजि निबासबाट निस्कन्छु । दैनिकी यात्रामा पुलमा पुग्छु र पुल तल हेर्छु सधैको गुनासो………।
मानिसहरू सदैब प्लास्टिक फुकि गरिबी र असहारापनको खोकी खोक्दै हिडछन । सानो नानी काखमा च्यापी भाइ ५ रुपैया दिनुस न , धेरै भयो नानी बाबू भोकै छन भनि मेरा सामु ममताकी देबिको बिलौना सुन्नु अनि देशमा घटेका आन्दोलन , जन आन्दोलनमा गुमाएका आफ्नो परिवारको न्याय माग्न हिडेका बाबुको आँसु हेर्नू मेरो दैनिकी नै भैसक्यो।
एकातिर कोहि मङ्गल ग्रहमा मानव बस्ती गर्ने सोच बनाउछन , अर्को तिर कोहि सिहदरबार अगाडि उहीँ आलो घाउको आषधिको पर्खाइमा छन । कोहि बिज्ञानका आधुनिक खेलौनामा रमाउछन त कोहि भोकभोकै सेलाउछन । त्यति मात्र कहाँ हो र कोहि रहरको दाम्लो शृङ्गार बन्दै घाटिमा झुण्डाउछन त कोहि करको दाम्लो गाँस , बाँस र कपास भन्दै रमाउछ । आज लेखकहरु कहाँ सृजनाका लागि लेख्छन् र सरस्वतीलाई त लक्ष्मीले उहिल्यै बहुमत ल्याएर पराजित गरिसकिन । यहाँ कृतिलाई पैसामा बेचिन्छ , अस्मिता सडकमा लुटिन्छ अनि परिक्षामा पासको छाप टेबुलमुनिबाट लगाइन्छ ।

गए ती दिनहरु जब मानव सेवा नै धर्म भनिन्थ्यो । अहिले त आरामै भन्न पनि Tax ( कर) तिर्नुपर्छ कि जस्तो गर्ने समय छ । मानबता नामक त्यो मदर टेरेशा , नेल्शन मण्डेला अनि बापुका मखमली बिच्छ्यौना जलेर खरानी भैसके तर हामिलाइ त कागलाइ बेल पाक्यो हर्ष न बिस्मात भने जस्तै छ ।
हो यहि हो मेरो गुनासो , घमण्ड र स्वार्थमा पिल्सिएका हामी खरानिका खेलौनाहरुको तछाडमछाडको खेलको गुनासो। जन्मिदा निर्वस्त्र जन्मेका हामी जन्मपश्चातको यो भेदभाव किन? कसैलाइ खाइ मर त कसैलाई मरेर खा किन ? दाइजो ल्याएन भनेर जलाइने, परिश्रम गरे पनि धक्का नै खान पर्ने हाम्रो शरिरको मोल के यातना र दमनमा मात्र सिमित हो र ? के बाच्न पाउने अधिकार सबैलाई बराबर हैन र?
आश्चर्य त तब लाग्छ जब यस सन्सार बाताबरण बादी हरु रुख काटनसम्म रुख काटछन अनि बाताबरण दिबसमा रुख जोगाऔ र बचाऔ भन्दै मुखबाट प्रदुषित हावा र पानी का छिटा निकाल्छन । हुन त म चाहिँ कहाँ कम छु र? म पनि दिनहु त्यहि नाटकको पात्र बनी मिहिनेतको गफ गर्दै अल्छीको निन्द्रा निदाउछु , समानताको कुरा गर्दै आफै लुटन खोज्छु ।

मन्थली न. पा.:- १२ ,गेलु