आइतबार, बैशाख २०, २०८३

किन सारिदै रुकुमकोटवाट गोल्खादा केन्द्र

लक्ष्मण घर्ति मगर,

जीबन र सिद्धान्तलाईसँगै राखेर दौडाउने हो भने सिद्धान्तलाई कयौँ गुणा पछाडी पारेर जीबन अगडी लम्किन्छ ।
यो एक दार्शनिक फिलोसोफेरको भनाई हो । मेरो बुझाईमा पनि सिद्धान्त भन्नु जीबनलाई सबै प्रकारको अधिकारहरूबाट सुशोभित बनाई आनन्दसँग जीउने मिठो सपनाको ख़ातिर अँगालिने एक प्रयोग हो । जहाँ आफ्नो बुझाईमा, आफु र आफ्नो वर्ग समुदायको मुक्तिको ठुलो स्वार्थ लुकेको हुन्छ र कहिले काहीँ त्यै मुक्ति प्राप्तिको लागी लड्दै जाँदा सिद्धान्तले द्वण्द्वात्मक पथतिर धकेलिदिन्छ र मानिस हिंस्रक बन्छ र स्वभाविकले एक भयावह् लड़ाईको जन्म हुन्छ । त्यतिवेला हामी सिद्धान्तको लागी जीबन मरीरहेको जस्तो आभास पाउँछौँ । तर वास्तवमा त्यो जीबनकै लागी लड्दा जीबन मरीरहेको हो, तर सिद्दान्तको लागी जीबन मरेको होईन । मैले माथी भनिसकेँ सिद्धान्त मात्र एउटा भर्याङ् हो प्रयोग हो ।

यो त भयो सिद्धान्त र जीबन बिच मेल हुँदाको कुरा । तर जब यि दुई विचमा परिस्थितिले खण्डको सृजना गरीदिन्छ, विमेल हुन्छ अर्थात जीबनलाई सिद्दान्तले भर दिन छोड्छ तब जीबनले निर्णायक मोड़ लिन्छ अनि माथीको भनाई झैँ जीबनले सिद्धान्तलाई पछाडी छाडेर अगाडी लम्किन्छ ।
म यससँगै के जोड्न खोजेको हो भने नेपालमा थुप्रै वाद र सिद्धान्तहरूमा ठुल्ठुला संघर्ष, युद्द र आन्दोलनहरु भए अनि असंख्य मानिसहरूको कहाँलीलाग्दो लिलानाश पनि भयो जुन नेपाली इतिहाँसमा अभूतपूर्व कहानीहरू बनेका छन । हामी मध्य धेरैले त्यो एउटा आस्था, विचार र सिद्दान्तको लागी जीबनको बलिदानी दिएको जस्तो थान्छौँ तर त्यो होईन । जीबन त्यति सस्तो छैन कि कुनै स्वार्थ बिना अनायसै सिद्धान्तसँग बेचिदिने वा मरीदिने । अतस् सारमा भन्नुपर्दा त्यहाँ वर्गिय मुक्तिको स्वार्थ थियो, समानताको स्वार्थ थियो, जर्जरपुर्ण जातिय, क्षेत्रीय, लैंगिक र धार्मिक लगायतका विभेदहरूको बिरुद्दको स्वार्थ थियो र आज बिस्तारै ति लड़ाई र आन्दोलनकै बलले केही हद सम्म भएपनि देशमा समृद्दीको एउटा आधार तयार भएको छ । सबैभन्दा त माथी भनिएका मुद्दाहरुको सम्बोधन गर्ने संघियता स्थापित भएको छ, समानुपातिक समावेशिता लागु भएको छ, धर्म निरपेक्षता पारित भएको छ र देश गणतन्त्रमा नामांकित भएको छ । तर जुन आस्था बोकेर एफटा सपनाको ख़ातिर ज्यूज्यान फाल्न तयार हुनेहरूमाथी अन्तिम क्षणमा आएर काखा र पाखा को पक्षपात व्यवहार हुँदै गए अँझ खतरापुर्ण लड़ाई सुरु हुन्छ ।

यसै सन्दर्भमा संघियता अनि समानताको कुरा गर्दै गर्दा संघियतापश्चात नयाँ संरचनामा बनेको नयाँ जिल्ला रुकुम पुर्वको बारे, अँझ भनौँ त्यसको सदरमुकाम केन्द्रको लागी भईरहेको बिबाद बारे यहाँ केही मलाई लागेका कुरा जोड्दै छु र यो लेखको मुल अभिप्राय पनि त्यही नै हो १ माथी यत्ति लामो उदाहरण र विश्लेषण गरीसकेपछी नै कुरो धेरैले बुझिसकेको हुनुपर्छ । हिंजो समानताको वकालत गर्दै हिडेका जिल्लाका पहुँचवालाहरू नै समानता र संघियताको मर्म विपरीत मनखुशी केन्द्र तोक्दै आएका छन केही महिना अगाडी देखीनै । केन्द्र जस्तो महत्वपुर्ण बिषयमा जनता सँग कुनै गम्भीर छलफल नगरी समग्र जिल्लाबासीहरूलाई जानकारी नै नदिई सुटुक्क केन्द्र बनाउँने खेल हुँदै आएको छ । रुकुमकोटे दाजुभाई दिदीबहिनीहरू पनि “बच्चा पाउनु कहिले कहिले कोक्रो बुन्नु अहिले” भने झैँ अनाहकमा दमाह् र झ्याली पेटेर उत्सव मनाउँन भ्याए । यसरी आफ्नो लागी मात्रै सोँच्ने र अरुको लागी केही पनि नसोँच्ने गलत परिपाटीले समस्या झन बल्झिँदै गएको छ । गोल्खादा पक्षमा ओहोरात्र खटिरहेका टीम मध्यका एक ज़िम्मेवार संगम रोका मगर जी को भनाई नुसार काठमाण्डुमा यसबारे छलफल गर्ने क्रममा हात हालाहाल सम्म भयो रे । कुरो नबुझेर एकोहोरो आफ्नो मात्रै सोँच्ने हो भने त्यो भन्दा ठुला घटनाहरूले पनि ठाउँ पाउँने निश्चित छ । र पुर्व रुकुमको नेतृत्व यसबारे गम्भीर हुने कि नहुने रु यतिवेला नै हो नेतृत्वको नेतृत्वपन हेर्ने मौक़ा ।

रुकुमकोटमा बजारीकरण र केही भौतिक संरचनाको आधार रहेको हुँदा अस्थाई मुकामको रुपमा काम चलाउँदै आउँनु ठिक छ, हो त्यसमा कसैको आपत्ति छैन । तर जनताको सुगमता र समृद्धि को लागी भनि बर्षौ लडेर र आन्दोलित भएर प्राप्त भएको संघिय प्रणालीमा समग्र जिल्लाको भुगोललाई र त्यहाँ अवस्थित जनताजनार्दनको सुविदा र जनमतलाई लाई लात मार्दै, सबैको पायक पर्ने गोल्खादाको अबमुल्यन गर्दै, कुनै एक कुनाको पक्षमा एकोहोरो पक्षपात तरीकाले निर्णय गर्नु र रुकुमकोटे जनतालाई आश्वासन दिनु सम्पन्धित नेतृत्वको अपरिपक्वता को पराकाष्ठा हो । र कोही अँझै जनचाहानानुसार सर्वमान्य हुने न्यायिक निर्णय गर्न नसकेर मुखदर्शक भई बस्नु भनेको जिल्लामा आफुलाई नेतृत्व सम्झिनेहरूको नालायकिपना हो , लाचारीपना हो र पुर्वी समुदाय माथीको कुठराघाट र अपमान हो । यतिवेला संघियताको अर्थनै नबुझेको हो कि रु भन्ने प्रश्न आउँछ ।

हो हिजोको साबिक को संरचनामा गोल्खादा र मुसिकोट भन्दा रुकुमकोट विल्कुल सेन्टर थियो र राजा महेन्द्रले जिल्लाहरूको बिस्तार गर्दा ७५ जिल्ला मध्यको एक रुकुम जिल्ला हुन पुगेको जिल्लाको २०१८ साल देखी ३० साल सम्म १२ बर्ष रुकुमकोटलेनै सदरमुकाम सम्हालेको इतिहास पनि ताज़ै छ । तर १२ बर्षदेखी चलाउँदै आएको आफ्नै आँगनमा रहेको मुक़ाम ३० सालमा किन मुसिकोट सारीयो त रु दिनदहादै स्याल र फ्याउरोहरू कराउँने त्यो भिर पाखा र डाँडा मुसिकोट कसरी केन्द्र हुन लायक भयो त रु रुकुमकोटकै शासकहरूले राजाको धोती छाम्न बाट बन्चित हुने डरले मुसिकोटे गोपाल जी जंगलाई फुलमाला सहित अबिर लगाएर डोकोमा प्याक गरी बोकाएर पठाएको होइन रु जतिवेला रुकुमकोट साँच्चै केन्द्र हुन हरतरहले जायज़ थियो त्यतिवेला आफ्ना कुण्डलेमुण्डलेहरूको आदेश चुपचाप मानेर आफुले राखेको केन्द्र अरुले डोकोमा बोकेर लग्दै गर्दा पनि राम हरेर बस्ने अनि अहिले केन्द्र हुन जायज़ नभएको वेला जिल्लाको अधिकांश जनतालाई अपाय परेको वेला जनमतले अस्वीकार गरेको वेला आफ्नो निजी खल्तिको जस्तो सम्झेर ज़िद्दी गरेर रुकुमकोटै हुनुपर्छ भन्दै ककौटेर राख्न मिल्छ रु सरकारी सुविदा कसैको पेवा होईन जनताको साझा सम्पति हो त्यसैले सबैको समान अधिकार र पायक हुने ठाउँनै केन्द्र बनाउँनु सर्वश्रेष्ठ जनहित हुने छ र त्यो एउटै बिकल्प हो गोल्खादा ।

अहिले रुकुमकोट केन्द्र भईसकेको र त्यो खोसेर गोल्खादा सार्न लागेको जस्तो भ्रम परेको छ मानिसहरूलाई । र त्यसमा त्यतैका नेता भनाउँदाहरू पनि हात धोएरै लागेका छन । तर ख़बरदार नेता ज्यूहरू १ जनताको मतमाथी गम्भीर धोका प्रहार गर्ने भुल नगरीयोस् । जनता इतिहासका निर्माता हुन त्यही मतले जलाएर भष्म पार्न पछी पर्दैनन हेक्का रहोस्, जुन पल तपाईहरूको लागी दुर्भाग्य र असाध्यै उराँठिलो हुने छ । र पुथाउत्तरगंगा गाउँपालीका लगायत गोल्खादाको समर्थनमा रहनुभएका भुमे गाउँपालीका र सिस्ने गाउँपालीकाका पनि सम्पुर्ण सरोकारवाला नेता कार्यकर्ता र आम जनसमुदायहरूमा बिशेष अपिल गर्न चाहान्छु मैले माथी लामो ब्याख्या गरेको छु कि सिद्धान्तको लागी जीबन हैन जीबनको लागी सिद्धान्त हो यसकारण यतिवेला तपाईहरूले आफ्नो सिद्धान्त र बिचारका कुरा छार्दिनुस । सबैको पायक पर्ने गोलखादाको पक्षमा एकताबद्द् हुनुहोस् । जनताको शक्ति भन्दा ठुलो शक्ति अरु कुनै हुनसक्दैन । आफ्नै अधिकारको अगाडी अर्थात जीबनको अगाडी सिद्धान्त ठुलो हुन सक्दैन । आवश्यक परे र चाहेर आए भने त्यै सिद्धान्तले नजिक बनाएका र आज आएर रंग फेर्ने गरेका नेताहरूलाई नै कड़ा दण्डित गर्दै सबै क्षेत्रबासी गाउँ र समुदायहरू एकजुट हुनुहोस् र कसैले यस विवादित र कलहपुर्ण परिस्थितिमा आफ्नो राजनितिक फाईदा तिर लाग्ने आँट गर्छन भने तिनिहरूलाई पनि कदापी छाड्नु हुन्न ।

र बिशेष त गाउँपालीका र वडापालीकाका जनप्रितिधिहरुले बिशेष ख़्याल गर्न ज़रूरी छ कुनै पनि समय कुनै प्रलोभन वा धम्की हुनसक्छ तर कदापि नबिक्न र नडराउँन बिशेष अनुरोध गर्दछु । कोही नदगमगाएर लागीपरे हामीले उठाएको न्यायिक मुद्दा सफल हुनेमा कुनै दुविधा छैन । र यो ऐतिहासिक घडीमा सबैलाई फेरी एकचोटी दोहोर्याउँन चाहान्छु जीबन भन्दा सिद्धान्त किमार्थ ठुलो हुन सक्दैन, सिद्धान्त भन्नु जीबनलाई सबै प्रकारको अधिकारहरूबाट सुशोभित बनाई आनन्द सँग जीउँने मिठो सपनाको ख़ातिर अँगालिने एक प्रयोग या भर्याङ मात्रै हो । तर जब परिस्थिति ले जीबन र सिद्धान्त लाई सँगै राखेर दौडाउँछ तब सिद्धान्तलाई कयौँ गुणा पछाडी पारेर जीबन अगाडी लम्किन्छ ।
न्यबाद ।
लक्ष्मण घर्ति मगर
हाल जापान ।