शुक्रबार, साउन ०८, २०८३

कम्युनिस्ट पार्टी एकता तत्काल सम्भव भएन : प्रचण्ड

काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता तत्काल सम्भव नभएको बताएका छन्।
शुक्रवार ४८ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै हतारमा एकता गरेर फेरि फुर्सदमा पछुताउने काम अब नहुने बताए।
अहिले साझा न्यूनतम कार्यक्रम अघि बनाएर वामपन्थी शक्तिहरुबीच् सहकार्यको विकल्प नभएको बताए।

उनले भने, ‘राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग, समुदायका हक–अधिकारको रक्षा, संविधानको रक्षा, गणतन्त्रको रक्षाको निम्ति सबैको साझा पहलकदमी गर्नुपर्छ। भर्खरै पार्टी एउटै हुने स्थिति छैन, त्यता टाउको नदुखाऊँ। अहिले पार्टी एउटै बनाउँछौँ भने फेरि झगडा सुरु भइहाल्छ।’
पार्टी एकता पहिलाको समीक्षा नगरी नहुने बताए।

उनले थपे, ‘सहकार्य र कार्यगत एकता तत्काल सम्भव र आवश्यक छ अहिले नै, आजै, भोलि। त्यसमा ढिलो गर्नुपर्ने कुनै कारण छैन। त्यसमा हामीले इमानदारीका साथ आन्दोलित भयौँ भने पार्टी एउटै बनाउने पनि त्यहीँबाट बन्न सक्छ।’

उनले प्रदेश सरकारमा जाने आफूहरूको कुनै चाहना नभएको बताए। कांग्रेस र एमालेले बाँकी कार्यकाल चलाओस् भन्ने पक्षमा आफू रहेको तर दुई पार्टीबीच कुरा नमिले गाँठो फुकाउन आफूहरू तयार रहेको बताए।

यसमा तपाईको प्रतिक्रिया