टोकियो । जापानस्थित नेपाली राजदूतावास टोकियोले राहदानी सेवा थप प्रभावकारी र आधुनिक बनाउन नयाँ राहदानी प्रणाली लागू गरेको जनाएको छ।
दूतावासले १४ जुलाईमा एक विज्ञप्ति जारी गरी राहदानीसम्बन्धी सेवा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको हो।
दूतावासले आवश्यक प्राविधिक तयारी पूरा गरी नयाँ प्रणालीमार्फत राहदानी आवेदन लिने कार्य सुरु गरेको जनाएको छ।
प्रारम्भिक चरणमा प्रणाली सञ्चालन भइरहेकाले केही समयसम्म आवेदन प्रक्रियामा सामान्य प्राविधिक समस्या आउन सक्ने तथा सेवा प्रवाहमा केही ढिलाइ हुन सक्ने सम्भावना रहेको दूतावासको सूचनामा उल्लेख छ। प्रणाली पूर्ण रूपमा स्थिर भएपछि सेवा प्रवाह थप सहज, छिटो र प्रभावकारी हुने अपेक्षा गरिएको छ।
यस संक्रमणकालीन अवधिमा अत्यावश्यक अवस्थामा रहेका सेवाग्राही जस्तै– राहदानी हराएको, राहदानीको म्याद सकिएको वा तत्काल नयाँ राहदानी आवश्यक परेकाले मात्र अनलाइन आवेदन फाराम भरी आवश्यक कागजातसहित दूतावासमा उपस्थित भई बायोमेट्रिक दर्ता गराउन अनुरोध गरिएको छ।
दूतावासका अनुसार राहदानीका लागि अनलाइन आवेदन निम्न वेबसाइटमार्फत भर्न सकिनेछ ।
https://online.nepalpassport.gov.np

