मङ्गलबार, जेठ २६, २०८३

कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ सक्रिय हुन ओलीको निर्देशन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ जान निर्देशन दिएका छन् ।

एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी सङ्गठन सुदृढीकरण, निर्वाचन समीक्षा तथा आगामी कार्यदिशाबारे आफ्नो धारणा राखेका छन् ।

पार्टीलाई अझ सङ्गठित र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ सक्रिय हुन उनको अपील छ । बैठकमा निर्वाचन समीक्षा, सङ्गठन पुनर्गठन तथा भावी कार्यदिशाबारे विस्तृत छलफल भइरहेको कार्यदलका सदस्य तथा एमाले सचिव महेश बस्नेतले जानकारी दिए ।

यसमा तपाईको प्रतिक्रिया