जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मन्त्री मोहम्मद समिरले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीबार एमालेका तर्फबाट विना विभागीय मन्त्रीको जिम्मेवारी पाएलगत्तै उनलाई प्रदेश प्रमुख सुरेन्द्र लाभले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
नयाँ समीकरणअनुसार नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री कृष्ण प्रसाद यादव नेतृत्वको मन्त्रिपरिषद् गठन गरिएको हो ।
मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । यादवले जनमत पार्टीका दुई मन्त्रीले राजीनामा दिएसँगै मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । सीके राउत नेतृत्वको जनमत पार्टीबाट अर्थमन्त्री बनेका महेशप्रसाद यादव र समाजकल्याण तथा खेलकुद मन्त्री वसन्त कुशवाहाले मुख्यमन्त्री यादवसमक्ष राजीनामा दिएका थिए।
साथै, मुख्यमन्त्री यादवले ५ वटा मन्त्रालय आफैँसँग राखेका छन् ।
मुख्यमन्त्री यादवले अर्थ, शिक्षा तथा संस्कृति, श्रम तथा यातायात, भौतिक पूर्वाधार, खेलकुद तथा समाज कल्याण मन्त्रालय आफैँसँग राखेका हुन् ।

