बिहिबार, बैशाख २४, २०८३

प्रधानन्यायाधीशमा वरिष्ठतमको वरियता मिचियो, चौथो नम्बरमा रहेका शर्मा सिफारिस

काठमाडौं । संवैधानिक परिषदले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । संवैधानिक परिषदको बिहीबारको बैठकले प्रस्तावित प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गरेको हो ।

वरिष्ठतम् न्यायाधीशको चौथो नम्बरमा रहेका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएको यो पहिलो घटना हो । कामू प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित वरिष्ठतम् न्यायाधीश कुमार रेग्मी र हरि फुयाललाई छाडेर चौथो वरियताक्रममा रहेका शर्मालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा प्रस्ताव गरेको हो ।

न्याय परिषदले शर्मासँगै कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरि फुयाँल, तिलप्रसाद श्रेष्ठ र डा नहकुल सुवेदीको नाम सिफारिस गरेको थियो ।

शर्मा २०७६ वैशाख ६ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए । अब उनी प्रधानन्यायाधीश नियुक्त भएमा ६ वर्ष सर्वोच्च अदालतको नेतृत्व गर्नेछन् । संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि नियुक्तिका लागि राष्ट्रपतिसमक्ष पठाइनेछ। राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

यसमा तपाईको प्रतिक्रिया