आइतबार, बैशाख २०, २०८३

राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सातौँ अध्यादेश जारी गरेका छन् । उनले आइतबार केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ जारी गरेका हुन् ।

यसअघि नै राष्ट्रपतिले बालेन शाह नेतृत्वको सरकारले सिफारिस गरेका ६ वटा अध्यादेश जारी गरिसकेका छन् । तर, राष्ट्रपतिले अझैँ संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भने जारी गरेका छैनन् ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश पनुर्विचार गर्नुपर्ने देखिएकाले फिर्ता पठाएको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यसमा तपाईको प्रतिक्रिया