आइतबार, बैशाख २०, २०८३

काठमाडौं र ललितपुरका मसाज सेन्टरबाट २५८ जना प्रहरी नियन्त्रणमा

काठमाडौं । काठमाडौं र ललितपुरको विभिन्न मसाज सेन्टरबाट २५८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार ५७ वटा मसाज सेन्टरमा छापा मारेको थियो ।

पक्राउ परेकाहरूमाथि अनैतिक क्रियाकलाप गरेको आरोप छ । प्रहरीले काठमाडौँको ठमेल, बौद्ध तथा ललितपुरको विभिन्न ठाउँमा रहेका मसाज सेन्टर छापा मार्दा २४० जना महिला र १८ जना पुरुषलाई नियन्त्रणमा लिएको हो ।
राजधानीको धेरै मसाज सेन्टरहरुमा अनैतिक क्रियाकलाप हुने गरेको आरोप छ ।

यसमा तपाईको प्रतिक्रिया