ललितपुर । नेपाल पहरी विकास संघ जिल्ला कार्यसमिति ललितपुरको पाँचौ अधिवेशन सम्पन्न भएको छ ।
ललितपुरको गोदावरी-११ मा पहरी विकास संघका केन्द्रीय महाधिवेशन आयोजक समितिका संयोजक मुकुन्द पहरीको प्रमुख आतिथ्यतामा शनिवार सम्पन्न जिल्ला अधिवेशनले सन्त बहादुर पहरी (सागर) को नेतृत्वमा नेपाल पहरी विकास संघ ललितपुर जिल्ला कार्य समिति c गरेको छ ।
जिल्ला समितिको उपाध्यक्षहरूमा मंगल पहरी, कृष्ण पहरी, सचिवमा श्याम कुमार पहरी, सहसचिवमा रमा नगरकोटी पहरी चयन भएका छन् ।
त्यसै गरी कोषाध्यक्षमा हरिश चन्द्र पहरी र सदस्यमा अशोक पहरी, सन्तोषी पहरी, ठुलभाइ पहरी, नवराज पहरी, अष्टमान पहरी, नजरमान पहरी सर्व सहमत चयन गरेको हो ।
सागर पहरीको अध्यक्षतामा अतिथिहरु नेपाल पहरी विकास संघका केन्द्रीय महाधिवेशन आयोजक समितिका सह- संयोजक मीन बहादुर पहरी, गोकुल पहरी, आत्माराम पहरी र आयोजक समिति सदस्य बन्दना पहरी, नेपाल पहरी विकास संघ पुर्ब अध्यक्ष कान्छाकाजी पहरीको आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा सम्पूर्ण पहरीहरूलाई एकजुट गराई पहरी समुदायको हक अधिकारको लागि संगठित गराउने पहरी अगुवा वक्ताहरूले जोड दिएका छन् ।

