काठमाडौं । नेपाली कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आङ्देम्बेलाई दलको नेता बनाउने निर्णय गरेको हो ।
यो निर्णयलाई अब बस्ने संसदीय दलको बैठकबाट अनुमोदन गर्नेछ । सुरुमा कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी र मोहन आचार्य प्रमुख दाबेदार थिए ।
तर अन्तिममा आङ्देम्बेमा सहमति जुटेको हो ।

