काडमाडौं । काडमाडौं महानगरपालिका वडा नं ६ रामहिटीमा बज्रनगर युवा क्लबको सामुदायीक भवन उद्घाटन गरिएको छ ।
श्री बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा निमार्ण गरिएको उक्त एक तले सामुदायिक भवनको आज एक कार्यक्रमका विच समितिका अध्यक्ष राजकुमार लामाले रिवन काटी उद्घाटन गरेका हुन । बज्रनगर युवा क्लबको अध्यक्ष बिजय लामाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा श्री बौद्धनाथ क्षेत्र विकास समितिका सदस्यहरु ,पशुपतिनाथ खतिवडा ,रग्वा शेर्पा सुरज लामा बज्रनगर युवा क्लबको पदाधीकारी सहित स्थानियको उपस्थिति रहेको थियो।
करिव २० लाखको लागतमा निर्माण गरिएको उक्त सामुदायिक भवन निर्माण भएसँगै सामूहिक कार्यक्रम, सभा तथा सामाजिक कार्य सञ्चालन गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले समाजमा हुने विकृति विसंगती न्यूनीकरण गर्नको लागि युवाहरुको भूमिका महत्वपूर्ण हुने बताए।उनले सामाजिक गतिविधिका लागि क्लवको भुमिका महत्वपुर्ण रहने भएका कारण सामुदायिक विकासका लागि क्लवले आफ्नो गतिविधिलाई वढाउनु पर्ने वताए ।
भवन स्थापनाले स्थानीय समुदायको सांस्कृतिक, सामाजिक तथा सामुदायिक गतिविधि सुदृढ हुन मद्दत गर्ने विश्वास व्यक्त गर्दै समुदायको पहिचान, परम्परा तथा एकतामा यस्तो भवनले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनलेृ समुदायमा सञ्चालन हुने अन्य सामाजिक, सांस्कृतिक तथा शैक्षिक कार्यक्रमका लागि भवन उपयोगी बन्ने बिश्वास ब्यक्त गरेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले भवन निमर्ण भएकोमा खुसी व्यक्त गरे ।

