बिहिबार, चैत १९, २०८२

श्री देवीथान तीनचुली तामाङ गुठीको सामुदायीक भवन उद्घाटन

काठमाडौं महानगरपालिका वडा नं ६ तीनचुलीमा श्री देवीथान तीनचुली तामाङ गुठीको सामुदायीक भवन उद्घाटन गरिएको छ ।
श्री बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा निमार्ण गरिएको उक्त साढे तीन तले सामुदायिक भवनको आज एक कार्यक्रमका विच समितिका अध्यक्ष राजकुमार लामाले रिवन काटी उद्घाटन गरेका हुन । श्री देवीथान तीनचुली तामाङ गुठीको अध्यक्ष सानुकान्छा लामाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा श्री बौद्धनाथ क्षेत्र विकास समितिका सदस्यहरु ,पशुपतिनाथ खतिवडा ,रग्वा शेर्पा सुरज लामा श्री देवीथान तीनचुली तामाङ गुठीको पदाधीकारी सहित स्थानियको उपस्थिति रहेको थियो।
करिव ९५ लाखको लागतमा निर्माण गरिएको उक्त सामुदायिक भवन निर्माण भएसँगै सामूहिक कार्यक्रम, सभा तथा सामाजिक कार्य सञ्चालन गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले भवन निमार्ण पश्चात सामाजिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
भवन स्थापनाले स्थानीय समुदायको सांस्कृतिक, सामाजिक तथा सामुदायिक गतिविधि सुदृढ हुन मद्दत गर्ने विश्वास व्यक्त गर्दै समुदायको पहिचान, परम्परा तथा एकतामा यस्तो भवनले महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रममा बोल्ने वक्ताहरुले भवन निमर्ण भएकोमा खुसी व्यक्त गरे ।

यसमा तपाईको प्रतिक्रिया