बुधबार, चैत १८, २०८२

सिमलटारमा ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उद्घाटन

काठमाडाैं महानगरपालिका वडा नं ६ सिमलटारमा शुद्ध पिउने पानीको लागी सार्वजनिक ढुङ्गे धारामा आरओ प्रविधिद्वारा प्रशोधित पिउने पानी फिल्टर सहितको टयाङकी उद्घाटन गरिएको छ ।
श्री बौद्धनाथ क्षेत्र विकास समितिद्वारा पुननिमार्ण गरिएको उक्त ढुङ्गे धारा तथा पानी भण्डारण टयाङ्कीको आज एक कार्यक्रमका बिच समितिका अध्यक्ष राजकुमार लामाले बौद्ध परम्परा अनुसार पुजा गरि उद्घाटन गरेका हुन । करिब २७ लाख रुपैंयाको लागतमा पुननिमार्ण गरिएको उक्त ढुङ्गे धारामा आरओ प्रविधिद्वारा
प्रशोधित पिउने पानी स्वचालित रुपमा सञ्चालित छ ।
पुरातात्त्विक र ऐतिहासिक महत्वका सम्पदाको संरक्षणमा श्री बौद्धनाथ क्षेत्र विकास समितिले सक्रियता दिँदै आएको समितिका अध्यक्ष राजकुमार लामाले बताए ।
उनले वडा नं ६ मा भएका पुरातात्त्विक र ऐतिहासिक महत्वका सम्पदाको संरक्षणमा क्षेत्र विकास समितिले सहयोग गर्दै आएको बताए ।संरक्षणको अभावमा नामेट हुँदै जान थालेका ऐतिहासिक सम्पदाको संरक्षण गर्नु सबैको दायित्व भएको उनको भनाई छ ।आउने दिनहरुमा समाजले नै धाराको संरक्षण गर्नुपर्नेमा समेत उनले
जोड दिए ।
समितिले प्राकृतिक मूलका पानी ल्याई व्यवस्थित तरिकाले सर्वसाधारणको हितमा लागि उपयोगमा ल्याएकाे हाे । शुद्ध पिउने पानीको लागी ढुङ्गे धारा तथा पानी भण्डारणको लागी फिल्टर सहितको टयाङकी निर्माण पश्चात् शुद्ध पिउने पानीको समस्या बाट राहत मिलेको स्थानीयको भनाई छ ।
उक्त ढुङ्गे धारामा आरओ प्रविधिद्वारा प्रशोधित पिउने पानी निर्माण गरे संगैस्थानिय का साथ साथै बाटो हिँड्नेलाई तिर्खाएको बेला प्रशोधित शुद्ध पानी पिउन सहज भएको छ । कार्यक्रममा श्री बौद्धनाथ क्षेत्र विकास समितिका सदस्यहरु जानुका श्रेष्ठ भण्डारी ,पशुपतिनाथ खतिवडा ,रग्वा शेर्पा ,सुरज लामा तथा स्थानियको उपस्थिति रहेको थियो।

यसमा तपाईको प्रतिक्रिया