काठमाडौं । आइतबारबाट आवेदन दिनासाथ वैदेशिक रोजगारमा जाने कामदारको श्रम स्वीकृति प्रदान गर्न थालिएको छ । यसअघि टोकन प्रणालीमार्फत दैनिक निश्चित संख्यामा प्रदान गरिँदै आएको श्रम स्वीकृतिमा अब टोकन प्रणाली हटाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले टोकन प्रणाली हटाएर श्रमिकलाई तत्कालै श्रम स्वीकृति प्रदान गर्न आइतबार नै निर्देशन दिएका थिए ।
मन्त्री साहको नेतृत्वमा आइतबार दिउँसो शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीका विषयमा भएको छलफलमा उनले यस्तो निर्देशन दिएका हुन् । ‘श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिनमै श्रम स्वीकृति प्रदान हुने व्यवस्था गर्न निर्देशन भएअनुसार आजै (आइतबार)देखि उल्लिखित कार्य प्रारम्भ गरिएको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै, काम गर्ने मुलुक जानुअघि पूर्वप्रस्थान अभिमुखीकरण तालिम लिन भैंसेपाटीस्थित तालिम केन्द्रमा पुग्नुपर्ने र त्यहाँ सैद्धान्तिक कुरा मात्रै पढाइने गरिएको छ । सैद्धान्तिक कक्षाका लागि अनलाइनमार्फत पठाउन पनि मन्त्री भण्डारीले निर्देशन दिएका छन् । ‘

