आइतबार, चैत १५, २०८२

ओलीको रिहाईका लागि प्रदर्शन, एमाले कार्यकर्ता र प्रहरीबीच झडप

काठमाडौं । नेकपा एमालेका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । माइतीघरबाट बानेश्वरतर्फ अगाडि बढेको एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।

आन्दोलनकारीले ढुंगा प्रहार गर्दा प्रहरीले लाठी चार्ज गरेको थियो । अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा भइरहेको प्रदर्शनका क्रममा नेकपा एमालेका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा हिजोदेखि नै एमालेका कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका हुन् । एमालेका जनवर्गीय संगठनहरूले देशैभर जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र पनि बुझाएका छन् ।

गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो । जेनजी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए ।

यसमा तपाईको प्रतिक्रिया