काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय कार्यालयमा बसेको बैठकले थापाले बुधबार दिएको राजीनामा स्वीकार नगर्ने निष्कर्ष निकालेको हो ।
राजीनामा उपसभापति विश्वप्रकाश शर्मामार्फत् पेश गरिएको थियो । बैठकले राजीनामा अस्वीकार गर्ने क्रममा विभिन्न कारणहरू प्रस्तुत गरेको छ। कांग्रेसका अनुसार निर्वाचनमा आएको पराजय व्यक्तिगत नभई संरचनागत समस्या तथा नियन्त्रणबाहिरका परिस्थितिहरूका कारण भएको ठहर गरिएको छ।

