बिहिबार, बैशाख ०३, २०८३

आँबुखैरेनी-मनकामना सडकको कान्टारमा माइक्रोबस दुर्घटना,७ जनाको मृत्यु,८ को उद्धार

चितवन ।मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटना हुँदा६ जनाको मृत्यु भएको छ । आज गोरखाको शहीदलखन गाउँपालिका-३ कनटारमा मनकामनाबाट फर्कंदै गरेको माइक्रो बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।

बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रोमा १४ जना यात्रु रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, घटनास्थलमा ६ जनाको मृत्यु भएको र अन्य ८ जनाको उद्धार गरिएको छ ।

अहिले घटनास्थलमा प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् ।।