जापान । गैरआवासीय नेपाली संघ एनआरएनए सचिव पदमा आगामी कार्यकाल २०२६-०२८ को लागि शिवप्रसाद पौडेलले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ।
एनआरएनए जापानका पूर्व सफल अध्यक्ष पौडेलले आईसीसीको सचिव पदको लागि जापानबाट उम्मेदवारी दिने घोषणा गर्नु भएको हो ।
जापानको राजधानी टोक्योस्थित मिनी नेपालले चिनिने शिनओकूबोमा नेपालीको पहिलो रियल स्टे ग्लोबल होमनेट वर्क कम्पनी संचालन गरि ब्यवसायी गरिरहेका पौडेलले एनआरएनए जापानभित्र संस्थागत बिवादका बीच देखिएको फुटका बिच २ बर्षे कार्यकाललाई सफल रुपमा सम्पन्न गरेका थिए ।
आगामी २०२६-०२८ कार्यकालका लागि एनआरएनए सचिवमा उम्मेदवारी दिन लागेको पौडेलले बताउनु भयो। कोभिड, संस्थागत बिबाद लगाएटी बिसम परिस्थितिमा एनआरएनए जापानलाई सफल रुपमा अवतरण गराएर नेतृत्व हस्तान्तरण गराएकोमा सबैबाट प्रसंसा पाएका पौडेल अब फरक क्षेत्रमा फरक भूमिकाका साथ काम गर्ने लक्ष्य र योजनाका साथ आफुले सचिवमा दाबी रहेको बताउनु भयो ।
एनआरएनए जापानका पूर्व अध्यक्ष शिव प्रसाद पौडेलले विगतमा जस्तै आगामी दिनहरुमा पनि जापान सहित सबै देशहरुबाट सहयोग आउने विश्वास लिनुभएको छ ।

