आइतबार, साउन १७, २०८३

रामेछापमा रास्वपाका उम्मेदवार डा. कृष्णहरि बुढाथोकी विजयी

रामेछाप। प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. कृष्णहरि बुढाथोकी विजयी भएका छन्।

निर्वाचन आयोगका अनुसार बुढाथोकीले २४ हजार ८०८ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का माधवप्रसाद ढुङ्गेल ले १७ हजार ६०९ मत प्राप्त गरेका छन्।

त्यसैगरी, नेपाली कांग्रेसका रामचन्द्र खड्का ले १६ हजार ३०७ मत पाउँदै तेस्रो स्थानमा रहे। नेकपा (माओवादी केन्द्र) का श्यामकुमार श्रेष्ठ ले १३ हजार ३५४ मत प्राप्त गरेका छन्।
यससँगै रामेछापमा रास्वपाले प्रतिनिधि सभा सदस्यको सिट आफ्नो पक्षमा पारेको छ।