पेशल खप्तरी मगर :- आदिवासी दिवस हर्ष उल्लास को साथ मनाउनु पर्छ धुमधाम मनाउनु पर्छ किन?
तपाई हामी सबैलाई थाहा छ विश्वभरी विभिन्न खालका मानव समुदाउहरु छन्। उनिहरुले आफ्नो अधिकार लागि संघर्ष र आन्दोलन धेरै पहिलेदेखि गर्दै आएको थियो ।संयुक्त राष्ट्र संघ गठन हुनुभन्दा पहिले देखि नै आदिवासी जनजातिहरुले संघर्ष गर्दै आएता पनि अधिकार स्थापित हुन सकेको थिएन तर पनि आदिवासी हरुले हरेस खाएनन् निरन्तर संघर्षरत आदिवासी हरुको आन्दोलनको परिणामस्वरूप र पिछडिएका तिनै मानव समुदायहरु जो उत्पीडनमा परेका छन् ,विभेदमा परेका छन्।जस्को समुदायको बिकाश हुन सकेको छैन त्यस्ता समुदायहरुको लागि अन्तर्राष्ट्रिय समुदाय संयुक्त राष्ट्र संघले पनि उनिहरुको बिकासको लागि अधिकारको मापदण्ड बनाउने र उनिहरुको बिकासको लागि विभिन्न कार्यक्रम बनाउने काम धेरै पहिलेदेखि हुदै आएको थियो ।
यसै सन्दर्भमा अन्तर्राष्ट्रिय समुदाय संयुक्त राष्ट्र संघ भित्र पहिलोपटक आदिवासीजनजाति सम्बन्धि काम गर्ने कार्यदल सन् १९८२ मा गठन भयो र संयुक्त राष्ट्र संघको आदिवासीजनजाति सम्बन्धि काम गर्ने कार्यदलको पहिलो बैठक अगस्ट ९ मा बसेको थियो ।त्यसैले आदिवासी हरुले गरेको आन्दोलनको उपलब्धिलाई पहिलोपटक अन्तर्राष्ट्रिय कानुनी मान्यता पाएको अर्थात अन्तर्राष्ट्रिय समुदाय संयुुक्त राष्ट्र संघले पहिलोपटक आदिवासीजनजाति सम्बन्धि काम सुरु गरेको आजको दिनलाई सम्झेर जुन जुन देशमा आदिवासीहरु छन् जहाँ जहाँ संयुक्त राष्ट्र संघको इकाई छन् त्यहाँ त्यहाँ आदिवासी दिवस मानाइन्छ अर्थात विश्वभरिका आदिवासीजनजाति हरुले आज यो दिवस मनाउने गर्दछन् ।
यो विश्व आदिवासी दिवसको रुपमा मनाउन थालिएको चाहिँ सन् १९९३ सालमा हो र यहीँ बर्ष संयुक्त राष्ट्र संघले आदिवासी बर्षको घोषणा गरेर विश्व आदिवासीजनजाति दिवस मनाउन थालिएको हो ।संयुक्त राष्ट्र संघले यो बर्ष घोषणा गर्नुको उदेश्य के थियो भने अहिले संयुक्त राष्ट्र संघको अनुमान अनुसार आदिवासी हरु विश्वमा पचास करोडौंको सङ्ख्या को हाराहारीमा छन् जो विश्वको सत्तरी देशहरूमा फैलिएर बसोबास गरेका छन् यि समुदायहरु इतिहासको एउटा कालखण्डमा आफ्नो छुट्टै भाषा ,धर्म,संस्कृतिक पहिचान र आफ्नो छुट्टै जीवन शैली भएको समुदाय हो ।इतिहासको कुनै कालखण्डमा आफ्नो छुट्टै राज्य भएको स्वशासित समुदाय हो ।तर जब बाहिर बाट विशेष गरि युरुपियनहरु अन्य महादीपहरु प्रवेश हुन थाल्यो ।उनिहरुले पुरानो वासिन्दा लाई हराएर आफ्नो राज्य स्थापित गर्यो र इतिहासको कुनै कालखण्डमा आफ्नो छुट्टै राज्य भएको समुदाय आदिवासी हरुलाइ विस्थापित गराएर नयाँ शासन व्यवस्था गर्न थाले यो प्रक्रिया विभिन्न राष्ट्रहरुमा निरन्तर रह्यो ।नयाँ शासन व्यवस्थाले विस्थापित भएका समुदायहरुलाइ कहिल्यै मान्यता दिएनन् ।आदिवासीहरुको भाषा उनिहरुको धर्म ,संस्कृति ,जीवनसैली र स्वाभिमान लाई कहिल्यै मान्यता दिएनन् ।त्यसैले संयुक्त राष्ट्र संघले आदिवासी बर्ष घोषणा गरेर के आभान गर्यो भने विश्वमा यदि कुनै यस्तो समुदाय छ भने जस्को पहिचान मार्ने काम भएको छ भने उ आदिवासी हो जसको बिकाश मार्ने काम भएको छ भने त्यो आदिवासी समुदाय हो त्यसकारण यदि हामी विश्वको बिकाश गर्ने हो भने ,राज्यको बिकाश गर्ने हो भने ,विश्वको मानव जातिको बिकाश गर्ने हो भने आदिवासीजनजाति हरु को बिकास गर्नुपर्छ जो पचास करोडौंको सङ्ख्यामा सत्तरी देशमा फैलिएर बसोबास गरेका छन् यी आदिवासीजनजाति हरु को बिकाश नगरी विश्व मानव जातिको बिकाश हुन सक्दैन त्यसकारण राज्य र आदिवासी बिच आदिवासी हरुको समस्या समाधान गर्न सरल कार्य गर्नको निम्ति संयुक्त राष्ट्र संघबाट यो आदिवासी बर्ष घोषणा गरिएको हो ।र यसैलाई निरन्तरता दिदै आएका छौ।
आदिवासी हरु को अधिकार सम्बन्धमा संयुक्त राष्ट्र संघले थुप्रै कार्य गरेका छन् ।आदिवासी सम्बन्धि संयुक्त राष्ट्र संघिय स्थायी मंच गठन भएको छ आदिवासी हरुको सामाजिक ,आर्थिक ,राजनीतिक,सांस्कृतिक बुद्दाहरु र आदिवासी को मानवअधिकार पर्यावरण सम्बन्धि मुद्दा यसले हेर्ने गर्दछ। त्यसैगरी पिछडिएका समुदायको र उत्पीडनमा परेका कुनै पनि मानव समुदायको अधिकार वा मानवअधिकार हरण भएमा संयुक्त राष्ट्र संघले अधिकार को मापदण्ड तयार गरेका छन्। आदिवासी हरुले आफ्नो समुदाय माथि कुनै पनि अन्याय भएको बखतमा अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्न पाउने व्यवस्था समेत संयुक्त राष्ट्र संघले गरेका छन्। त्यस्तैगरि संयुक्त राष्ट्र संघको इतिहासमै पहिलोपटक ब्याक्तीको मात्र नभइ सामुहिक अधिकार समेत सुनिश्चितता गरेको छ यो आदिवासीजनजाति हरुको आन्दोलनको ठुलो उपलब्धि हो ।संयुक्त राष्ट्र संघले आदिवासी सम्बन्धि विश्वव्यापी घोषणापत्र बनाएको छ उत्त घोषणापत्रमा आदिवासीको आत्मनिर्णयको अधिकार सुनिश्चितता गरेको छ। सामाजिक ,आर्थिक ,सांस्कृतिक र राजनीतिक व्यवस्था रोज्न पाउने साथै आत्मनिर्णयको अधिकार लाई प्रयोग गर्न विशेष क्षेत्र र प्रादेशिक क्षेत्र बनाउन पाउने व्यवस्था लगाएत आदिवासी हरुको लागि संयुक्त राष्ट्र संघले कार्य गरेका छन्।यो आदिवासीजनजाति आन्दोलनको उपलब्धि हो र सुखद पक्ष हो ।
अन्तमा :-आज यी खुसीको दिन संगै दुखत पक्ष पनि छन् जुन अन्तर्राष्ट्रिय कानुनले ,अन्तर्राष्ट्रिय समुदाय संयुक्त राष्ट्र संघ बाट हाम्रो आन्दोलनको परिणाम स्वरुप पाएको उपलब्धिलाई राष्ट्रिय सरकारहरुले मानेका छैनन् ।हाम्रो नेपाल सरकारले पनि संयुक्त राष्ट्र संघको निर्णयलाई अन्तर्राष्ट्रिय कानुनको रुपमा पालाना गर्छु भनेर संयुक्त राष्ट्र संघको सदस्यता लिएको छ।हस्ताक्षर गरेको छ।तर उल्टै जातीय कुरा गर्ने जातीवादि भनेर लान्छना लगाउछन्। आन्दोलनरत आदिवासीजनजाति हरुको मापदण्डअनुसार यी अधिकार हरु लागू गरियोस् यहीँ कामनाको साथ आजको विश्व आदिवासी दिवसको उपलक्ष्यमा सम्पूर्ण नेपाली आदिवासीजनजाति दाजुभाइ तथा दिदीबहिनी हरु साथै विश्वभरि छरिएर रहनुभएका आदिवासीजनजाति हरु सबैलाई हार्दिक शुभकामना ।