सोमबार, माघ १३, २०८२

बोलोचौक एजुकेशन एकेडेमीमा सरस्वती पूजा सम्पन्न,११ बालबालिकाको अक्षराम्भ

झापा । शिवसताक्षि नगरपालिका वडा नम्बर ४ मा अवस्थित बोलोचौक एजुकेशन एकेडेमीमा सरस्वती पूजा विधिपूर्वक सम्पन्न भएको छ। ज्ञान, विद्या र शिक्षाकी देवी सरस्वतीको पूजाआराधनासँगै आयोजित कार्यक्रममा ११ जना बालबालिकाले अक्षराम्भ गरेका छन्।

सरस्वती पूजाको अवसरमा एकेडेमी परिसरमा धार्मिक तथा सांस्कृतिक माहोल सिर्जना गरिएको थियो। अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थितिमा बालबालिकालाई पहिलोपटक अक्षर चिनाउने कार्यक्रम सम्पन्न गरिएको एकेडेमीका अध्यक्ष डा. धर्मेन्द्र कुमार शाहले जानकारी दिए । साथै, पुजामा उपस्थित हुनुहुने सम्पूर्ण श्रद्धालु भक्तजनहरु र कार्यक्रम सफल पार्न प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्णमा अध्यक्ष शाहले हार्दिक आभार व्यक्त गरे ।

यस्तै, प्रिन्सिपल मनोज कुमार शाहले नयाँ शैक्षिक सत्रदेखि नयाँ व्यवस्थापनसहित सञ्चालन गरिनुका साथै समयअनुसार थप व्यवस्थित र बालमैत्री बनाइने बताए । सस्तो शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्य रहेकाले एकेडेमीमा आफ्ना बालबालिकालाई भर्ना गराई उज्ज्वल भविष्य सुनिश्चित गर्न सबै अभिभावकहरूलाई प्रिन्सिपल शाहले आग्रह गरे ।

यसमा तपाईको प्रतिक्रिया