शुक्रबार, फागुन ०१, २०८२

प्रतिनिधिसभा निर्वाचनका लागि एमाले रामेछापबाट ८ जनाको नाम सिफारिस

मन्थली । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि एमाले रामेछापले ८ जना उम्मेदवारको नाम पार्टी केन्द्रमा सिफारिस गरेको छ।
एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रामेछापमा सदरमुकाम मन्थलीमा मंगलबार बसेको एमाले जिल्ला कमिटीको छैटौं पूर्ण बैठकले उम्मेदवारीका दाबेदार रहेका सबै ८ जनाकै नाम केन्द्रमा पठाउने निर्णय गरेको हो।

एमाले जिल्ला अध्यक्ष पुरुषोत्तम कडरियाका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि माधवप्रसाद ढुङ्गेल, कैलाशप्रसाद ढुङ्गेल, कमलप्रसाद चौलागाईँ, रत्न गौतम, शान्तिप्रसाद पौडेल, परशुराम बस्नेत, केशरबहादुर बुढाथोकी र गीता कार्कीको नाम सिफारिस गरिएको छ।
बैठकले निर्वाचनलाई लक्षित गर्दै यही पौष २५ गतेदेखि माघ ३ गतेसम्म विशेष निर्वाचन केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ।
जिल्लाका प्रत्येक मतदान स्थलमा १० जनाको यूथ कमान्ड निर्माण गर्ने रणनीति तय गरिएको अध्यक्ष कडरियाले जानकारी दिए। रामेछापमा २ नगरपालिका र ६ गाउँपालिकामा ६४ वडा रहेका छन्।
जिल्लाबाट छनोटमा परेका ८ जनाले नै पार्टी केन्द्रले तोकेको उम्मेदारले साथ, सहयोग गर्ने सहमति जनाएका छन ।