टोकियो । बलेवा सेवा समाज जापानको आठौँ अधिवेशनबाट अध्यक्षमा सुरेन्द्र पौडेल ९प्रेम० चयन हुनु भएको छ ।
टोकियोमा बागलुङ जिल्लाको बलेवाका जापानबासीको संस्था बलेवा सेवा समाज जापानको आठौँ अधिवेशनबाट सुरेन्द्र प्रेमको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा एलपी शर्मा, उपाध्यक्षहरूमा हरि पाठक, यामप्रसाद पौडेल र अर्जुन लामिछाने चयन हुनुभएको छ। महिला उपाध्यक्षमा कमला लामिछाने, क्षेत्रीय उपाध्यक्षमा दीप गिरी, महासचिवमा रोशन चापागाईं, सचिवहरूमा भक्त हमाल र राजेश रिजाल चयन हुनुभएको छ।
त्यस्तै, कोषाध्यक्षमा दीपकराज पौडेल, सह–कोषाध्यक्षमा शोभा ढकाल, महिला संयोजक ऋतु चापागाई तथा युवा संयोजकमा नारायण पाठक चयन हुनुभएको छ।
कार्यसमितिका सदस्यहरूमा विक्रम रिजाल, गोपाल सुवेदी, सागर पौडेल, दीपेन्द्र नेपाली, खगेश्वर घिमिरे, विमल शर्मा र सपना पाठक रहनुभएको छ।
कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछाने, निवर्तमान उपाध्यक्ष सिद्धार्थ श्रेष्ठ, नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठ, अनसासका उपाध्यक्ष दीपा घिमिरे, एनआरएनए जापानका प्रवक्ता रविन शर्मा, मोना जापानका अध्यक्ष गणेश श्रेष्ठ, धादिङ समाज जापानका अध्यक्ष विमल श्रेष्ठ तथा बागलुङ समाज जापानका अध्यक्ष गुरु प्रसाद सापकोटाले मन्तव्य व्यक्त गर्नुभएको थियो।
यसैगरी समाजका संरक्षक तथा निर्वाचन समिति संयोजक महेन्द्र पीसी, संरक्षकहरू सेवक पीसी, राज पौडेल, विमल रिजाल, राजु केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

