काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाहबीच सात बुँदे सम्झौता भएपछि मिश्रित प्रतिक्रिया सार्वजनिक भएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का अध्यक्ष परिषदका सदस्य सन्तोष परियार उस्तै–उस्तै स्वभाव भएका रवि–बालेन एक ठाउँ आउनु स्वाभाविक भएको बताउँछन् ।
उनले रवि–बालेन एकतालाई ‘भेँडा–भेँडासँग र बाख्रा–बाख्रासँग’ भन्ने नेपाली उखानसँग मिल्दो भएको टिप्पणी गरे ।
रवि–बालेन एकताले देश र जनताको हित नहुने उनले बताए । पूर्वरास्वपा सांसद परियार भन्छन्, ‘उस्तै–उस्तै वैचारिकी भएका राजनीतिक पार्टीहरु, समूहहरु ध्रुवीकरण भएर सिंगो देश र जनताका मुद्दालाई प्राथमिकतामा राखेर हुने सहमति समझदारी एउटा कुरा भयो । तर निर्वाचनलाई मात्रै केन्द्रित गरेर कुनै मूल्य मान्यताविना जसरी पनि सत्ताका लागि एक ठाउँमा आउनुले देश र जनताको हित गर्छजस्तो मलाई लाग्दैन ।’
तर देशमा राजनीतिक ध्रुवीकरण भने जरुरी रहेको उनी बताउँछन् ।

