शुक्रबार, फागुन ०१, २०८२

प्रधानमन्त्री ताकाईची नेतृत्वको मन्त्रिपरिषद्को समर्थन दर घट्यो

टोकियो । जापानकी प्रधानमन्त्री सानाए ताकाईची नेतृत्वको मन्त्रिपरिषद्को समर्थन दर घटेको छ । पछिल्लो समय प्रधानमन्त्री ताकाईचीले ताइवान सम्बन्धी टिप्पणीले चीनसँगको सम्बन्ध बिगारेको र जापानको अर्थतन्त्रमा असर पारेको भन्दैसमर्थन दर ६७।५ प्रतिशतमा द्धटेको हो ।

सर्वेक्षणमा धेरैजसो उत्तरदाताहरूले प्रधानमन्त्री ताकाईचीलेको ताइवान सम्बन्धी टिप्पणीले चीनसँगको सम्बन्ध बिगारेको र जापानको अर्थतन्त्रमा असर पारेको बताएका छन् ।
सर्वेक्षणका क्रममा ताकाइची नेतृत्वको सरकारमाथिको समर्थन दर अघिल्लो महिनाको तुलनामा २।४ अंकले घटेको पाइएको हो ।

यद्यपि, ५७ प्रतिशतले भने टिप्पणीलाई लापरबाहीपूर्ण नभएको बताएका छन् भने ३७।६ प्रतिशतले उनको अभिव्यक्ति बेठिक र लापरबाहीपूर्ण भएको उत्तर दिएका छन् ।

विगतका प्रधानमन्त्रीहरूले ताइवानको संवेदनशील मुद्दामा प्रत्यक्ष टिप्पणी गर्नबाट जोगिने गरेको सन्दर्भमा यो प्रश्न सोधिएको थियो ।

नोभेम्बर ७ मा संसदमा ताकाइचीले चीनले ताइवानमाथि आक्रमण गरेमा जापानले सैन्य प्रतिरोध गर्नसक्ने बताएकी थिइन् । उनको यो अभिव्यक्तिसँगै चीन–जापान सम्बन्धमा नराम्रो दरार उत्पन्न भएको छ ।