सोमबार, माघ ०६, २०८२

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट, दुई घण्टा छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेट भई दुई घण्टा छलफल भएको छ ।
बालुवाटारमा आइतबार राति ८ बजेदेखि भएको वार्ता १० बजे छलफल भएको थियो । सभापति लामिछाने प्रधानमन्त्री कार्कीलाई भेट्न उपसभापति डीपी अर्याल र स्वर्णिम वाग्लेसँगै बालुवाटार पुगेका थिए ।

सहकारी ठगी प्रकरणमा शुक्रबार कारागारबाट रिहा भएका उनी प्रधानमन्त्रीसँग भेट गर्न बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री कार्कीसँग लामिछानेको यो पहिलो भेट हो । रिहापछि आजै पार्टी कार्यालय गएका उनले वर्तामान भेटमा उनले सरकारलाई रास्वपाको साथ रहेको बताएका थिए ।
भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, रास्वपाका उपसभापतिद्वय अर्याल र वाग्लेसहित महामन्त्री कविन्द्र बुर्लाकोटी, नेता शिशिर खनाल, सोवितालगायत भेटमा सहभागी भएका थिए ।
लामिछानेले निर्वाचनको तयारी ढुक्कसँग गर्न र जेनजीसँगको सम्झौता कार्यान्वयनमा ढृढ रहन प्रधानमन्त्री कार्कीलाई आग्रह गरेका छन् । उनले अघिल्लो सरकारले राजनीतिक प्रतिशोधका आधारमा गरेको अन्याय नदोहोर्‍याउन सरकारलाई पार्टीको तर्फबाट ध्यानाकर्षण गराएका छन् ।

बैठकमा सहभागी रास्वपा नेतृ सोविता गौतमले सभापति लामिछानेले प्रधानमन्त्रीसँगको भेटमा निर्वाचनकै विषयमा सरकारलाई ध्यान केन्द्रित गर्न आग्रह गरेको जनाएकी छन् ।