काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष डा मित्र परियारलाई कारबाही गरेका छन् । बुटवलमा भएको कार्यक्रममा उपाध्यक्ष परियारले आयोजकप्रति गरेको व्यवहारले उनलाई कारबाही गरिएको साम्पाङले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।
ञश्रम संस्कृतिमा कोही सानो कोही ठुलो हुँदैन । आज उपाध्यक्षले बुटवलका आयोजकलाई गरेको अपमान र सहसंयोजकलाई बोलेको अपमानजन्य बोलिका कारण आचारसंहिता उलङ्घन भएकोले नसच्चिएसम्म कार्यवाही गरिएको जानकारी गराउँदछु,झ सम्पाङले सामाजिक सञ्जालमा लेखेका छन् ।
उद्घोषकले सम्बोधनका लागि आग्रह गरे बोल्न पुगेका परियारले आयोजकको व्यवहार ठीक नभएको भन्दै खनिएका थिए ।ञ कार्यक्रम आयोजकहरूले अलिकति मिस्टेक गर्नुभएको छ,झपरियारले भनेका थिए, ञध्यान यता मन यता हुन सक्दैन । म केन्द्रीय उपाध्यक्ष हो । म पनि बोल्न पाउनुपर्छ । ध्यान अन्त मोड्न हुँदैन ।झ
यसअघि विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ ९देवराज लामा० लाई कारबाही गरेको थियो । उनी पनि पार्टीका उपाध्यक्ष थिए ।

