काठमाडौं । भदौ २३ र २४ गतेको जेन-जी विद्रोहसँग सम्बन्धित घटना जाँचबुझका लागि गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई अर्को साता बयानका लागि बोलाउने तयारी गरेको छ ।
आयोगको म्याद थपका लागि प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्न गएको आयोगको टोलीले अर्को साता राजनीतिक दलका नेतालाई बयानका लागि बोलाइने तयारी गरिएको जानकारी दिएको हो ।
छलफलपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई अर्को साता बयानमा लागि बोलाउने तयारी गरेको बताए ।

