शुक्रबार, साउन २२, २०८३

एमालेलाई अझै शक्तिशाली बनाउन आवश्यक छ: पिएस गुरुङ

काठमाडौं । नेकपा एमालेको उपाध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेका पृथ्वीसुब्बा गुरुङले आगामी नेतृत्व चयनमा सहमतिको ढोका बन्द भइसकेको बताएका छन् । महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आगामी नेतृत्वमा ओली नै दोहोरिने दाबी गरे ।

गुरुङले भने, ‘अब सहमतिको ढोका बन्द भइसक्यो । हामीले केपी ओलीकै नेतृत्व चाहेका छौँ । एमालेलाई अझै शक्तिशाली बनाउन पनि उहाँको नेतृत्व आवश्यक छ ।’
एमाले एघारौं महाधिवेशन माइन्युट कमिटीका संयोजक पृथ्वीसुब्बा गुरूङले आन्तरिक लोकतन्त्रको सफल प्रयोग बाट नयाँ नेतृत्व चुन्ने बताउनु भयो ।